काठमाडौं २२ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सम्मेलन आयोजना गर्ने प्रस्ताव अघि सारेको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले दातृ निकायबाट आर्थिक सहयोग जुटाउन सम्मेलन आयोजना गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा राखेका हुन् ।
“सबै शुभेच्छुक दातृ निकायहरूलाई बोलाएर रंगशालामा सम्मेलन गरौँ, हाम्रो अवस्था बताऔँ कसो सहयोग नगर्लान् भनेर मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छु,” मन्त्री बस्नेतले भने ।
कान्ति बाल अस्पतालको ६२औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री बस्नेतले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने सन्दर्भमा यस्तो बताएका हुन् ।
जनशक्ति राज्यको स्रोतबाट थप्ने र उपकरण तथा संरचना दाताको सहयोगबाट जुटाउन सकिने उनको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्