काठमाडौं २० पौष । नेकपा एमाले को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बसेको हो । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारको विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । १९ पदमा हुने चुनावका लागि पुस २३ गते उमेदवारी मनोनयन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्