ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केएमसीका आवासीय चिकित्सक सडकमा


एबीसी न्यूज

काठमाडौं १९ पौष । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसीका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौं विश्वविद्यालय केयूले आवासीय चिकित्सक डा। विशद दाहालको निलम्बन स्थगन गरेपनि केएमसीले डा। दाहाललाई कलेज प्रवेशमा अझै रोक लगाएको छ ।

डा। दाहाललाई कलेज प्रवेश गर्न नदिन कलेज प्रशासनले आफ्ना सुरक्षागार्ड गेटमा तैनाथ राखेको छ ।

आवासीय चिकित्सकहरु डा। दाहाललाई एक महिनासम्म गरेको निलम्बन फुकुवाको माग र करिकुलमभन्दा बाहिरी काममा नलगाउन माग राख्दै अस्पताल परिसरमा धर्ना दिंदै आइरहेका छन् ।

‘आज पनि हामी कलेज गेटमा छौं । तर कलेज प्रशासनले सुरक्षाकर्मी खटाएर प्रवेश गर्न दिएको छैन,’ डा। दाहालले भने ।

केयुका डीन डा। मनोज हुमागाईँले मंगलबार नै डा। दाहालको निलम्बन स्थगनको पत्र केएमसी प्रशासनलाई पठाए पनि कलेज प्रशासनले अटेर गरिरहेको छ ।

कलेज प्रशासनले एक विज्ञप्तिमार्फत डा। दाहाललाई एक महिनाका लागि निलम्बन गरेको जनाएको थियो । तर केयुले भने डा। दाहालको निलम्बन स्थगन गर्दै ३ दिनभित्रमा कलेजको राय पेश गर्न भन्दै पत्रचार गरेको थियो ।

उक्त राय प्राप्त भएपछि निलम्बन कार्यान्वयन गर्नुपर्ने वा नपर्ने निर्णय लिन उपयुक्त हुने भन्दै केयूले हाललाई डा। दाहाललाई निलम्बन स्थगित गर्न भनेको छ ।

दाहाललाई निलम्बन गर्दा स्पष्टीकरणको मौका दिइएको हो कि होइन, सम्बन्धित प्रिसेप्टरबाट निलम्बन गर्नुपर्ने आधारसहितको लिखित राय पेश भएको छ वा छैन भनी केयूले जवाफ मागेको छ ।

केएमसी ले स्वास्थ्य शिविरका नाममा अन्याय गरेको भन्दै दाहालले आवाज उठाइरहेका थिए ।

‘प्रश्न गरेको आधारमा स्पष्टीकरण नसोधी मलाई कारबाही गरियो, अहिले केयूको निर्देशन अटेर गरेर कलेज प्रवेशमा रोक लगाइएको छ । यो त सरासर अन्याय हो,’ डा। दाहालले भने ।

कलेज प्रशासनको विरुद्धमा काम गरेको भन्दै काठमाडौं मेडिकल कलेजले एक विज्ञप्ति जारी गर्दै १२ पुसदेखि लागू हुने गरी पीजी कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी दाहाललाई एक महिना निलम्बन निर्णय गरेको थियो ।

काठमाडौं मेडिकल कलेज

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com