काठमाडौं १९ पौष । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएपछि पहिलो पटक समितिमा उपस्थित भएका छन् ।
उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा उपस्थित भएका हुन् ।
सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि कोइरीलाई संसद् सचिवालयले गत वैशाख १९ गतेदेखि निलम्बन गरेको थियो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पुस ८ गते सांसद कोइलीको निलम्बन फुकुवा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्