काठमाडौं १८ पौष । राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा सत्ता गठबन्धन र प्रतिपक्षी दलसँग छुट्टाछुट्टै बैठक बस्ने भएको छ ।
बुधबार दिउँसो ३ बजे सत्ता गठबन्धन र लगत्तै एमालेसहितको छलफल हुने तय भएको एक नेताले जानकारी दिए । सत्ता गठबन्धनका चार दलसँग छलफल गरेपछि साँझ ५ बजे बालुवाटारमा एमालेसँग छलफल हुन लागेको हो ।
सत्ता गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच ३ बजे छलफल हुनेछ ।
बुधबार बिहान बालुवाटारमै कांग्रेस र माओवादीका शीर्ष नेताबीच छलफल भएको थियो । माघ ११ गते हुने चुनावका लागि सिट बाँडफाँटका विषयमा दलहरुबीच छलफल हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्