ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केएमसी अस्पताल प्रशासनलाई परेवाको खुट्टामा बाँधेर पठाइयो सन्देश


एबीसी न्यूज

काठमाडौं १८ पौष । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल प्रशासनलाई आन्दोलनरत आवासीय चिकित्सकहरूले परेवाको खुट्टामा बाँधेर सन्देश पठाएका छन् । अस्पताल प्रशासनले इन्टरनेट नचलेका कारण विश्वविद्यालयको पत्र नपाएको भनेपछि सांकेतिक विरोधस्वरुप यस्तो गरिएको हो ।

“अस्पताल प्रशासनले इन्टरनेट छैन फेरि केयूको पत्र नै प्राप्न नभएको भनेपछि परेवाको खुट्टामा चिठी बाँधेर प्रशासनमा पठाइयो,” निलम्बित आवसीय चिकित्सक डा। विशद दाहालले भने ।

केएमसी अस्पतालले डा। दाहाललाई आवसीय चिकित्सकको कर्तव्य पालना नगरेको र अनुशासन उल्लघंन गरेको भन्दै पुस १२ गतेदेखि एक महिनाका लागि निलम्बन पत्र दिएको थियो ।

काठमाडौं विश्वविद्यालय केयूले चिकित्सक दाहालमाथि लगाएको निलम्बन तत्काललाई स्थगन गर्न भन्दै मंगलबार केएमसीलाई पत्राचार गरेको थियो । तर केएमसीले इन्टरनेट नचलेको भन्दै हालसम्म सो पत्रको जवाफ केयूलाई नदिएपछि आन्दोलनरत चिकित्सकले परेवाको खुट्टामा बाँधेर अस्पताल प्रशासनलाई पत्र पठाएका हुन् ।

निलम्बनको विरोधमा डा। दाहालसहित पीजी तह पहिलो र दोस्रो बर्षका झन्डै ८० जना आवसीय चिकित्सक यतिखेर आन्दोलित छन् । बुधबार समेत अस्पताल प्रशासनले कडा सुरक्षाका बीच उनीहरूलाई अस्पताल छिर्न रोक लगाएको छ ।

डा. विशद भन्छन्– शिविरका नाममा अमानवीय व्यवहार हुन्छ, आवाज उठाउँदा निलम्बन गरियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com