काठमाडौं, २ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
दुई पार्टीबीचको एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन ओली र प्रचण्डबीच मंगलबार अपराह्न भेटवार्ता भएको हो । ललितपुरको मानभवनस्थित एक निजी निवासमा भएको भेटवार्तामा पार्टी एकतालाई निष्कर्षमा पु¥याउने गरी बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरिएको माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
ओली र दाहालबीच आलोपालो पार्टीको अध्यक्षता गर्ने, सरकारको नेतृत्व ओलीले गर्ने र पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति सोमबार भएको थियो । २ पार्टीबीच सरकार गठन गर्नु अघि नै पार्टी एकताको प्रारम्भिक खाका तयार पार्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्