ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महेन्द्र भोटे र भविश्वर अर्याल अदालतमा हाजिर


एबीसी न्यूज

काठमाडौं १७ पौष । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा फरार रहेका पूर्वसञ्चालक शिवबहादुर गुरुङमहेन्द्र भोटे र सञ्चालक भविश्वर अर्याल कास्की जिल्ला अदालतमा हाजिर भएका छन् ।

भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि फरार भोटे र अर्याल कानुन व्यवसायीका साथ मंगलबार अदालतमा हाजिर भएका हुन् ।
प्रहरीले फरार अभियुक्तलाई पक्राउ नगरेको भन्दै दबाब परिरहेका बेला उनीहरु अदालतमै उपस्थित भएका हुन् ।

कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले भने भारतमा रहेको आफूहरुले थाहा पाएको र अहिले लुक्दै अदालतमा हाजिर भएको बताए । रेडकर्नर नोटिस जारी गर्ने तयारीपछि आफैं हाजिर हुन आइपुगेको उनको भनाइ छ ।

भोटे र अर्यालको मंगलबार अदालतमा बयान लिइएको र बुधबार पनि जारी रहने एसपी थापाले जानकारी दिए । बयान चलिरहेकाले अहिले उनीहरुलाई प्रहरीले हिरासतमै राखेको छ ।

 

सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी शुक्रबार पक्राउ परेका थिए । उनलाई सोमबार जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेको छ ।

सूर्यदर्शन सहकारीमा वचतकर्ताको रकम फिर्ता नगरेर ठगी गरेको आरोपमा अध्यक्ष जीबी गितेन्द्रबिक्रम राई सहित १९ जनालाई प्रहरीले भदौ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको भोलिपल्टै कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेर अहिले पुर्पक्षका लागि थुनामा छन् ।

पछिल्लो समय सूर्य दर्शन सहकारी ठगी प्रकरण अझै पेचिलो बन्दै गएको थियो । बचतकर्ताको झण्डै डेड अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा सूर्यदर्शन सहकारीका अध्यक्ष जीबीसहित १९ जनामाथि छ ।

सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ अझै फरार छन् ।

लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध पनि सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भए पनि प्रहरीले उनीहरुलाई पनि पक्राउ गर्न सकेको छैन ।

सर्वसाधारणले वचत गरेको रकम घरजग्गा, विभिन्न कम्पनी र व्यक्तिगतरुपमा खर्च हुँदा पनि राज्यले नियमन गर्न नसकेको भन्दै बचतकर्ताले आन्दोलन गरेका छन् ।

महेन्द्र युवा संघ नेपालका केन्द्रीय उपमहासचिव हुन् भने उनी गएको स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिकामा अध्यक्षमा पराजित भएका थिए ।

अनुसन्धानपछि १६ असोजमा प्रहरीले सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो भने सरकारी वकिलको कार्यालयले असोज १९ गते जिल्ला अदालतमा मुद्धा दर्ता गराएको थियो ।

जिल्ला अदातलमा दर्ता भएको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको छ ।

सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी ठगी मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको छ । सहकारी ऐनको दफा १२२ ९घ०, ९ङ०, ९च०, ९छ०, ९ज० र ९त० अनुसारको कसूरमा दफा १२४ ९घ० र घ ९६० अनुसार बिगो बमोजिम जरिवाना र ८ देखि वर्ष कैद सजायको माग गरिएको छ ।

सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा छ ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको छ ।

प्रहरीले गत साउन ३२ गते सूचना जारी गरी भदौ १५ गतेसम्म १ हजार ३६ जना बचतकर्ताले उनीहरुविरुद्ध जाहेरी दिदएका थिए ।

सहकारीको रकम सबैभन्दा बढी जीबीका दाजुभाइ अध्यक्ष हुँदा अपचलन भएको देखिएको छ । २०६५ असार २६ गतेदेखि २०६८ मंसिर १७ गतेसम्म ज्ञानबहादुर वम्जन अध्यक्ष हुँदा १९ करोड २ लाख ८४ हजार रुपैयाँ अपचलन भएको पाइएको छ ।

त्यसपछिको कार्यकालमा जीबी नै अध्यक्ष बनेका थिए । उनको कार्यकालमा १९ करोड २८ लाख ४९ हजार रुपैयाँ अपचलन भएको देखिएको छ । उनी २०६८ मंसिर १७ गतेदेखि २०७३ मंसिर १८ गतेसम्म अध्यक्ष थिए ।

त्यसपछिको कार्यकाल जीवीकै दाइ भूपेन्द्र अध्यक्ष थिए । २०७३ मंसिर १८ गतेदेखि २०७८ कात्तिक १७ गतेसम्म भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७२ लाख ३३ हजार रुपैयाँको कर्जा करोबार भएको थियो । त्यसभन्दा यता थानबहादुर बुढामगर अध्यक्ष थिए । उनी अध्यक्ष हुँदा २७ करोड ४८ लाख ३२ हजार रुपैयाँ कर्जा लगानी भएको देखिएको छ ।

राजनीतिक संरक्षणमा गुण्डागर्दी पृष्ठभूमिबाट व्यवसाय हुँदै सक्रिया राजनीतिमा छिरेका महेन्द्र भोटेले पनि साढे ८ करोड रुपैयाँ लगेको देखिएको छ । पोखरामा सहकारी खोल्ने ताकाबाटै जीबी र महेन्द्र भोटेले विभिन्न व्यवसायमा सहकार्यसमेत गर्दै आएका थिए ।

उनीहरुले पोखरामा रेस्टुरेन्ट, होटल, डिस्कोलगायतमा लगानी गरेका छन् भने जीवी–महेन्द्र सहकार्यमै फेरि अर्को डिस्को खोल्ने तयारीमा थिए । सहकारीका साना ठूला १८ हजार ७ सय जना बचतकर्ता रहेको देखिए पनि १ हजार ३६ जनाले मात्र उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com