ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाङ्लादेशका नोबल पुरस्कार विजेता युनुसलाई जेल सजाय


एबीसी न्यूज
पुस १७, २०८० मंगलबार  २ : ४८ बजे

काठमाडौं १७ पौष । बाङ्लादेशका नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई त्यहाँको एक अदालतले ६ महीनाको जेल सजाय तोकेको छ।

देशको श्रम कानून उल्लंघन गरेको आरोपमा उनलाई जेल सजाय भएको हो। उनले स्थापना गरेको मोबाइल फोन कम्पनी ‘ग्रामीण टेलिकम’ ले आफ्ना मजदूरका निम्ति कल्याणकारी कोष स्थापना नगरेको भन्दै उनलाई दोषी प्रमाणित गरिएको हो।

प्राध्यापक युनुस बाङ्लादेशकी प्रधानमन्त्री शेख हसिनाको आलोचकका रूपमा चिनिंदै आएका छन्। उनका समर्थकले अहिलेको फैसला पनि राजनीतिक उद्देश्यप्रेरित भएको आरोप लगाएका छन्।

“अदालतमा मेरा वकीलहरूले तर्क गरे जस्तै यो आदेश अहिलेसम्मका सबै नजीर र तर्क विपरीत छ,” अदालतले आदेश गरे लगत्तै प्राध्यापक युनसले टिप्पणी गरे, “म सबै बाङ्लादेशी जनतालाई अन्यायको विरुद्ध आवाज उठाउन र लोकतन्त्र एवं हामी सबैको मानव अधिकारको पक्षमा उभिन आह्वान गर्छु।”

लघुवित्त मार्फत गरीब जनताको उन्नतिका लागि काम गरेकै कारण युनुसले सन् २००६ मा नोबल पुरस्कार पाएका थिए। ८३ वर्षीय युनुसको समर्थनमा गत भदौमा १७० भन्दा बढी विश्वका नेता र नोबल पुरस्कार विजेताले हसिना समक्ष अनुरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

थाइल्याण्डको चुनावले स्पष्ट सन्देश: सामाजिक सञ्जालको ट्रेन्ड नै मत परिणाम होइन

दक्षिण अफ्रिकाले डबल सुपर ओभर थ्रिलर जित्यो, वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हरायो

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

मस्कोको नयाँ रणनीति: राज्य-नियन्त्रित ‘म्याक्स’ एपलाई बढावा दिन टेलिग्राममा अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com