काठमाडौं१६ पौष । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा किन गोली चलाएको भन्दै प्रश्न गरेका छन् ।
सोमबार मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रममा उनले घटनाबारे उठाइएका प्रश्नको जवाफ माग गरे ।
“मारिए किन रु मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानुपर्यो रु नगई नहुने त्यहाँ के पर्यो रु थुप्रै प्रश्नहरू उठेका छन् । तिनको जवाफ के हो ? हुलमा गएर, निहुँ खोजेर,” उनले भने, “उत्तेजित बनाएर गोली चलाएर, मान्छे मारेर ।”
गएको शुक्रबार ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडी जलाइएको थियो । झडपमा दुई युवकको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्