ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले भन्यो – गठबन्धन तलमाथि नभएसम्म प्रचण्ड नै प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं १५ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सत्ता गठबन्धनबीचको सहमति पूरा नभएसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहिरहने जनाएको छ।

शनिबार सम्मपन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आइतबार दिउँसो सानेपामा सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले प्रचण्ड नै प्रधानमन्त्री रहने कुरामा कुनै समस्या नरहेको बताए।

उनले मन्त्री हेरफेरको विषय पनि प्रधानमन्त्रीमा निहित रहेको बताए। ‘मन्त्री फेर्ने कुरा प्रधानमन्त्रीको तजबिजमा भर पर्छ। प्रधानमन्त्रीले अहिलेसम्म मन्त्री फेरौँ भनेर प्रस्ताव ल्याउनु भएको छैन’, उनले भने, ‘प्रधानमन्त्रीलाई काम गर्न असहज भएमा मन्त्री फेर्ने कुरामा कांग्रेस तयार छ। तर अहिलेसम्म यसबारे औपचारिक रुपमा कुरा भएको छैन।’

 

प्रचार विभाग प्रमुख विश्वकर्माले लोकतन्त्रमा स्थिर सरकार नहुने तर्क गरे। उनले तानाशाही व्यवस्थामा मात्रै त्यो सम्भव हुने बताउँदै बहुमतको सरकार हुँदा पनि तलमाथि भइरहने जवाफ दिए।

‘लोकतन्त्रिक व्यवस्थामा सरकारको कुर्सीको तीन मात्रै खुट्टा हुन्छन्। बहुमतमा या गठबन्धनमा हुने एकै हो। केपी शर्मा ओली नेतृत्वको सरकार करिब दुईतिहाइको थियो। अहिले गठबन्धनको छ। लोकतन्त्रमा स्थिर सरकार सम्भव छैन, त्यो निरंकुशतामा मात्रै हुन्छ’, उनले थपे, ‘लोकतन्त्रमा जोसुकैले सरकार ढाल्छु भन्न पाउँछ। हाम्रा महामन्त्री गगन थापाले पनि भन्नु भएको हो। प्रचण्डजी गठबन्धन सरकारको प्रधानमन्त्री हो। त्यसैले यो गठबन्धन तलमाथि नभएसम्म उहाँ प्रधानमन्त्री यथावत हो।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com