ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभामा माओवादीले ६ सिट पाउने, क्लष्टर मिलाउन बाँकी


एबीसी न्यूज

काठमाडौं १५ पौष । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रले ६ सिट लिने लगभग सुनिश्चित भएको नेताहरूले दाबी गरेका छन् ।

फागुन २० गते ६ वर्षे कार्यकाल पुरा गरी निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनीत एक जना राष्ट्रिय सभाबाट बिदा हुँदै छन् । माओवादीबाट निर्वाचित कोशी प्रदेशकी बिना पोखरेल, सुदूरपश्चिम प्रदेशबाट प्रदेश अध्यक्ष समेत रहेका हरिराम चौधरी र महेशकुमार महराको पदावधि सकिँदै छ । साबिक स्थानमा रिक्त ३ सिट र एमालेको गुम्ने निश्चित भएको थप ३ सिट पाउने माओवादीले पाउने लगभग निश्चित भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार ७ सिट लिने गरी गठबन्धन दलहरूबिच छलफल भए पनि ६ सिटमा सहमति भएको हो । कसले कुन प्रदेश लिने र कुन क्लसट लिने भन्ने विषयमा छलफल जारी रहेको उनले बताए ।

‘हामीले ७ सिटमा दाबी गरेको हो । माओवादीले जितेको साबिक ३ सिटसहित थप ३ सिट पाउने लगभग निश्चित भएको छ । कुन प्रदेशमा कुन क्लष्टर लिने भन्ने सम्बन्धमा छलफल जारी छ’, उनले भने ।

पौडेलका अनुसार साबिक बाहेक माओवादी केन्द्रले थप बागमती, गण्डकी र कर्णाली पाउने सम्भावना रहेको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले पनि माओवादीले ६ सिट पाउने गरी दलहरूबिच सहमत भए पनि क्लष्टर मिलाउन बाँकी रहेको बताएका छन् । आइतबार बेलुकासम्म सबै प्रदेशबाट सिफारिस भएर आएमा उम्मेदवारको टुंगो लाग्ने उनले बताए ।

पटक पटक अवसर पाएका, समानुपातिकमा नाम लिस्ट भएका र कम्तीमा गत निर्वाचनमा पराजित भएका उम्मेदवारलाई उम्मेदवार सिफारिस नगर्ने गरी छलफल ढकालको भनाइ छ । राष्ट्रिय सभामा नयाँ र योग्य व्यक्तिलाई पठाउन युवा नेताहरूले दबाब दिइरहेका छन् ।

पुस पाँचमा बसेको माओवादी पदाधिकारी बैठकले प्रत्येक प्रदेश र जवस मोर्चाबाट तीनरतीन जनाको नाम सिफारिस गरेर पठाउन मातहतका समितिलाई निर्देशन दिएको थियो । सबै प्रदेशबाट सिफारिस भएर आउने क्रम जारी रहेको मंगलबारसम्म निर्णय हुन सक्ने उनले बताए । ६ सिटका लागि सबै प्रदेशबाट करिब डेढ सयको हाराहारीमा सिफारिस भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com