काठमाडौं, १ फागुन । नेकपा एमाले अध्यक्ष्य केपी ओली र माओवादी केन्द्रका अध्यक्ष्य प्रचण्डबिच पार्टी एकतालाई लिएर बसेको बैठक सम्पन्न भएको छ ।
ललितपुरको मानभवनस्थित एक निजी निवासमा भएको छलफलमा बुधबार दिउसो २ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय भएको छ ।
एकता र नेतृत्वको व्यवस्थापनबारे ओली र प्रचण्डले सोमवार नै सहमति गरेका थिए । पार्टी एकता संयोजन समिति बैठकले दुई नेताबीचको सहमतिलाई अनुमोदन गर्दै सांगठनिक तथा सैद्धान्तिक विषय मिलाउन दुई वटा कार्यदल गठन गर्नेछ।
पार्टी एकता संयोजन समितिमा अध्यक्षद्वय ओली र प्रचण्डसहित एमालेबाट बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेल रहेका छन् । यस्तै, माओवादी केन्द्रका तर्फ बाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबबहादुर थापा बादल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्