काठमाडौ १५ पौष । काठमाण्डौ उपत्यका, आसपासका क्षेत्र र तराईका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेको छ ।तराईका धेरै ठाउँमा बेलुकीपखसम्म नै बाक्लो हुस्सु लाग्ने भएकाले हवाई उडान प्रभावित हुनसक्ने जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । घाम लाग्न थालेपछि भने कुहिरो हट्दै जाने महाशाखाले जनाएको छ ।यस्तै, अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य मात्र रहेको तर तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् मिनकुमार अर्यालले बताए।
आज दिउँसो कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको उनले बताए।आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।यस्तै, काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म रहन सक्ने महाशाखाले जनाएको छ । आज जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ५ डिग्री सेल्सियस मापन गएिको छ भने जोमसमको तापक्रम माइनस ३ डिग्री सेल्सियस पुगेको छ ।








प्रतिक्रिया दिनुहोस्