ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा ‘नरसंहार’ गरेको भन्दै इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर


एबीसी न्यूज
पुस १४, २०८० शनिबार  ११ : ४० बजे

 

काठमाडौं, १४ पुस ।
इजरायलले गाजामा नरसंहार गरेको आरोप लगाउँदै दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालत ९आईसीजे० मा मुद्दा दायर गरेको छ। आईसीजेले ‘जेनोसाइड कन्भेन्सन’अन्तर्गत इजरायलको दायित्व उल्लंघनसँग सम्बन्धित मुद्दा दायर गरेको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

‘अदालतले प्रारम्भिक रूपमा इजरायललाई गाजामा प्यालेस्टिनी जनतालाई मार्ने र गम्भीर मानसिक र शारीरिक हानि पुर्‍याउन बन्द गर्न तत्काल आदेश दिनुपर्छ।’आईसीजेमा मुद्दा दायर गरेपछि दक्षिण अफ्रिकाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी नरसंहार हुनबाट रोक्न बाध्य छौँ।’
उसले थप भनेको छ, ‘गाजापट्टीमा इजरायलले गरेको आक्रमण र त्यहाँबाट लखेटिएका नागरिकहरूको दुर्दशा देखेर दक्षिण अफ्रिका अत्यन्त चिन्तित छ।’साथै त्यहाँ ९गाजामा० मानवताविरुद्धका अपराध र नरसंहार भइरहेका रिपोर्ट प्राप्त भइरहेको दाबी दक्षिण अफ्रिकाले गरेको छ।

‘त्यहाँ मानवताविरुद्धका अपराध र युद्ध अपराधजस्ता अन्तर्राष्ट्रिय अपराधका साथै नरसंहार वा यस्तै अपराधका रिपोर्टहरू आइरहेका छन्।’ विज्ञप्तिमा उसले भनेको छ । आफ्नो आवेदनमा दक्षिण अफ्रिकाले आईसीजेलाई अर्को हप्ता मुद्दाको सुनुवाइ गर्न माग गरेको छ।
तर इजरायली विदेश मन्त्रालयले दक्षिण अफ्रिकाले लगाएको यो आरोपलाई अस्वीकार गरेको जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले भने दक्षिण अफ्रिकाको दाबीलाई ‘अदालतको घृणित र अपमानजनक शोषण’ भनी टिप्पणी गरेका छन्।

नेदरल्यान्ड्‌सको द हेगमा रहेको आईसीजे संयुक्त राष्ट्र संघको प्रमुख कानुनी निकाय हो। यसले विभिन्न देशबीचका विवाद समाधान गर्दछ र अन्तर्राष्ट्रिय कानुनी मुद्दामा सल्लाह दिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

थाइल्याण्डको चुनावले स्पष्ट सन्देश: सामाजिक सञ्जालको ट्रेन्ड नै मत परिणाम होइन

दक्षिण अफ्रिकाले डबल सुपर ओभर थ्रिलर जित्यो, वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हरायो

मस्कोको नयाँ रणनीति: राज्य-नियन्त्रित ‘म्याक्स’ एपलाई बढावा दिन टेलिग्राममा अवरोध

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com