काठमाडौं १२ पौष । थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले वलीलाई शपथ गराएका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपतिले उनलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।
समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्