ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट एकताबाट समाजवाद र समृद्धि एकैपटक सम्भव : प्रचण्ड


admin

काठमाडौं, १ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिष्टहरुलाई समाजवादी अभियान सहभागी हुन आग्रह गर्नुभएको छ ।

भातृसंस्था वाइसिएलले पेरिसडाँडामा आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब नयाँ समाजवादी क्रान्ति सुरु भइसेकेको भन्दै कम्युनिष्टहरु एक ठाउँमा नभई समाजवाद जिन्दावाद भन्नुको कुनै अर्थ नभएको पनि प्रष्टाउनुभयो ।

अहिले कम्युनिष्टहरुले अवसर र नेतृत्व पाएकाले यो अभियान एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । बृहत छलफलबाट मात्रै क्रान्ति सफल हुने भन्दै सबै एकिकृत भएमा समाजवाद र समृद्धि एकैसाथ बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डले जनयुद्धको स्मरण गर्दै जनता नै शक्तिशाली र महान भएकाले जनतासंग छलेर कुनै घटना घटाएर क्रान्ति जित नसकिने भन्दै लाखौं करोडौंको एकताबाट मात्र समाजवाद सफल हुने बताउनुभयो । आफूहरुले पनि जनयुद्ध कालमा छिट्टै परिर्वतन चोहेपनि जनताको आवद्धताविना सफल नभएको अनुभव सुनाउनुभयो ।

अध्यक्ष प्रचण्डले आफूबाट छुटेर जानुभएका मोहन बैद्य र विप्लवलाई शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउन अभियानमा सहभागी हुन अपील गर्नुभएको छ । रहर र लहडमा क्रान्ति नहुने भन्दै परिस्थिति अनुसार अघि बढ्ने र शक्ति संचयका लागि पछि पनि हट्नुपर्ने भन्दै प्रचण्डले विप्लवलाई दिवास्वप्नबाट ब्यूझेर छलफलबाटै निकास निकाल्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com