ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन् २०२३ मा सर्वाधिक डिलिट भएका सोसल मिडिया एपहरू


ABC NEWS
पुस ८, २०८० आईतबार   १० : १८   बजे

काठमाडौं ८ पुस । वर्ष सन् २०२३ सकिंदैछ । यो वर्ष प्रविधि जगतका लागि पनि उतारचढावको वर्ष रह्यो । यही कडीमा यो वर्षका सबैभन्दा धेरै डिलिट भएका सोसल मिडिया एपको सूची सार्वजनिक भएको छ ।

सोसल मिडिया प्रयोगकर्ताको संख्यामा लगातार वृद्धि भैरहेको छ । पछिल्लो रिपोर्ट अनुसार विश्वमा विभिन्न सोसल मिडिया प्रयोगकर्ताको संख्या चार अर्ब ८० करोड भन्दा धेरै छ ।

रिपोर्ट अनुसार अधिकांस सोसल मिडिया प्रयोगकर्ताले हरेक दिन औसतमा २ घण्टा २४ मिनेट सोसल मिडियामा बिताउँछन् ।

विश्वमा धेरैभन्दा धेरै मानिसहरुमा सोसल मिडियाको लत बसेको मात्र छैन कैयन् मानिसहरु सोसल मिडियाबाट टाढा पनि भैरहेका छन् ।

अमेरिकी प्रविधि कम्पनी टिआरजी डाटासेन्टरले एक रिपोर्ट सार्वजनिक गरेको छ । जसमा यो वर्षका सबैभन्दा धेरै डिलिट हुने एपहरुको बारेमा जानकारी दिइएको छ ।

रिपोर्ट अनुसार सार्वजनिक भएको २४ घण्टाभित्रै १० करोड प्रयोगकर्ता हासिल गर्न सफल भएको मेटा कम्पनीको थ्रेड एपले त्यसपछिका ५ महिनामा हालसम्म ८० प्रतिशत प्रयोगकर्ता गुमाएको थियो ।

रिपोर्ट अनुसार यो वर्ष विश्वका करिब १० लाख मानिसहरुले इन्टरनेटमा इन्स्टाग्राम अकाउन्ट कसरी डिलिट गर्ने रु भन्ने तरिका खोजेका थिए । करिब १० लाख २० हजार प्रयोगकर्ताले इन्स्टाग्राम एप डिलिट गरेसँगै इन्स्टाग्राम यो वर्ष सर्वाधिक डिलिट हुने सोसल मिडिया एप बनेको छ ।

त्यस्तै सबैभन्दा धेरै डिलिट हुने एपको दोस्रो नम्बरमा स्नापच्याट रहेको छ जुन एक लाख २८ हजार ५०० जनाले डिलिट गरेका छन् । त्यस्तै धेरै डिलिट हुने एपको तेस्रो नम्बरमा एक्स, चौथोमा टेलिग्राम र पाँचौमा फेसबुक छ भने छैटौंमा टिकटक, सातौंमा युट्युब, आठौंमा ह्वा्ट्सएप र नवौंमा विच्याट रहेका छन् । यो वर्ष ४९ हजार जनाले फेसबुक एप डिलिट गरेका छन् । ह्वाट्सएप डिलिट गर्नेको संख्या भने चार हजार ९५० मात्रै छ ।

कुन सोसल मिडिया एप कतिजनाले डिलिट गरे ?

इन्स्टाग्राम : १० लाख २० हजार
स्नापच्याट : १ लाख २८ हजार ५ सय
टेलिग्राम : ७१ हृजार ७ सय
फेसबुक : ४९ हजार
टिकटक : २४ हजार ९ सय
युट्युब : १२ हजार ५ सय
ट्वीटर : १२ हजार ३ सय
ह्वाट्सएप : ४ हजार ९५०
विच्याट : २ हजार ९०

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group