ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कांग्रेस भएकै कारण खाण छुट्ने, एमाले भएको रिसले हाम्रा साथी नछुट्ने’ ? : ओली


ABC NEWS
मंसिर ३०, २०८० शनिबार   ७ : ३९   बजे

काठमाडौं ३० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण जेलमुक्त बनेको तर एमाले नेता टोपबहादुर रायमाझी थुनामै रहेकोप्रति असन्तुष्टि प्रकट गरेका छन्।

मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राको १७ औं दिन शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले नेता खाणको नाम नलिई उनी कांग्रेस भएकै कारण छुटेको बताएका हुन्।

रायमाझीको पनि नाम नलिएका ओलीले उनी चाहिँ एमाले भएकै कारण जेलमै रहेको बताएका हुन्। यद्यपि सोही दिन अदालतबाट सफाइ पाएका एमाले सांसद लक्ष्मी कोइरीबारे भने ओलीले ‘बल्ल सफाइ पाएको’ बताएका थिए।

‘अहिले एमालेको एकल सरकार बन्ने अवस्था छैन। हामी प्रमुख पार्टी पनि भएनौं,’ ओलीले कोइरीतिर लक्षित गर्दै भने, ‘२३ ठाउँमा कांग्रेसले बुथ कब्जा गरेर हाम्रा सिटहरू लुटेर लिएको छ। अनेक मुद्दा लगाएर एक जना साथीले अस्तिका दिन मात्रै बल्ल सफाइ पाउनुभयो।’

बिहीबार महोत्तरी जिल्ला अदालतले असई थमन विकको हत्यामा संलग्न रहेका सात जनालाई जन्मकैदको फैसला गरेको थियो। अदालतले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई भने सफाइ दिएको थियो। ओलीले कोइरीको नाम नलिई ‘एक जना साथीले सफाइ पाएको’ भनेर प्रसन्नता प्रकट गरे।

तर, बालकृष्ण खाण छुटेको र टोपबहादुर रायमाझी थुनामै रहेकोबारे भने ओली रूष्ट सुनिए।

उनले थपे, ‘हाम्रो कोही साथीहरूलाई जेलमा राखिएको छ। कांग्रेस भयो भने छुट्छ, कांग्रेस भयो भने त्यही विषयको मन्त्री भए पनि छुट्छ। तर, एमालेमा लागेको छ भने, रिसले कोही मान्छे छुट्दैन। यस्तै छ।’

अदालतमा राजनीतिक नियुक्ति भएकै कारण इन्साफ नहुने अवस्था भएको उनको भनाइ थियो।

‘कांग्रेसको कानुनी फाँटको नेता न्यायाधीश नियुक्ति हुन्छ अनि इन्साफ कहाँबाट हुन्छरु राजनीतिक नियुक्ति हुन्छ अनि इन्साफ कहाँबाट हुन्छरु,’ ओलीले भने, ‘हामीले लडाइँ गरेर, बलिदान गरेर, दुःख कष्ट गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र यसको सही प्रयोगको पक्षमा हामी छौं।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता खाणलाई उच्च अदालत पाटनले धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए। उनी शुक्रबार छुटेका छन्।

सोही मुद्दामा एमाले नेता टोपबहादुर रायमाझी भने थुनामै रहेकोप्रति ओलीले असन्तुष्टि प्रकट गरेका हुन्।

बैतडीको झुलाघाटबाट सुरू भएको एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’ आइतबार समापन हुँदैछ।

यात्राको १८ औं दिनमा एमाले टोली पाँचथरको चिवाभन्ज्याङ पुगेपछि यात्राको औपचारिक समापन हुनेछ । यात्राको अन्तिम आमसभा फिदिममा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

सम्बन्धित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group