ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कांग्रेस भएकै कारण खाण छुट्ने, एमाले भएको रिसले हाम्रा साथी नछुट्ने’ ? : ओली


ABC NEWS

काठमाडौं ३० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण जेलमुक्त बनेको तर एमाले नेता टोपबहादुर रायमाझी थुनामै रहेकोप्रति असन्तुष्टि प्रकट गरेका छन्।

मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राको १७ औं दिन शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले नेता खाणको नाम नलिई उनी कांग्रेस भएकै कारण छुटेको बताएका हुन्।

रायमाझीको पनि नाम नलिएका ओलीले उनी चाहिँ एमाले भएकै कारण जेलमै रहेको बताएका हुन्। यद्यपि सोही दिन अदालतबाट सफाइ पाएका एमाले सांसद लक्ष्मी कोइरीबारे भने ओलीले ‘बल्ल सफाइ पाएको’ बताएका थिए।

‘अहिले एमालेको एकल सरकार बन्ने अवस्था छैन। हामी प्रमुख पार्टी पनि भएनौं,’ ओलीले कोइरीतिर लक्षित गर्दै भने, ‘२३ ठाउँमा कांग्रेसले बुथ कब्जा गरेर हाम्रा सिटहरू लुटेर लिएको छ। अनेक मुद्दा लगाएर एक जना साथीले अस्तिका दिन मात्रै बल्ल सफाइ पाउनुभयो।’

बिहीबार महोत्तरी जिल्ला अदालतले असई थमन विकको हत्यामा संलग्न रहेका सात जनालाई जन्मकैदको फैसला गरेको थियो। अदालतले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई भने सफाइ दिएको थियो। ओलीले कोइरीको नाम नलिई ‘एक जना साथीले सफाइ पाएको’ भनेर प्रसन्नता प्रकट गरे।

तर, बालकृष्ण खाण छुटेको र टोपबहादुर रायमाझी थुनामै रहेकोबारे भने ओली रूष्ट सुनिए।

उनले थपे, ‘हाम्रो कोही साथीहरूलाई जेलमा राखिएको छ। कांग्रेस भयो भने छुट्छ, कांग्रेस भयो भने त्यही विषयको मन्त्री भए पनि छुट्छ। तर, एमालेमा लागेको छ भने, रिसले कोही मान्छे छुट्दैन। यस्तै छ।’

अदालतमा राजनीतिक नियुक्ति भएकै कारण इन्साफ नहुने अवस्था भएको उनको भनाइ थियो।

‘कांग्रेसको कानुनी फाँटको नेता न्यायाधीश नियुक्ति हुन्छ अनि इन्साफ कहाँबाट हुन्छरु राजनीतिक नियुक्ति हुन्छ अनि इन्साफ कहाँबाट हुन्छरु,’ ओलीले भने, ‘हामीले लडाइँ गरेर, बलिदान गरेर, दुःख कष्ट गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र यसको सही प्रयोगको पक्षमा हामी छौं।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता खाणलाई उच्च अदालत पाटनले धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए। उनी शुक्रबार छुटेका छन्।

सोही मुद्दामा एमाले नेता टोपबहादुर रायमाझी भने थुनामै रहेकोप्रति ओलीले असन्तुष्टि प्रकट गरेका हुन्।

बैतडीको झुलाघाटबाट सुरू भएको एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’ आइतबार समापन हुँदैछ।

यात्राको १८ औं दिनमा एमाले टोली पाँचथरको चिवाभन्ज्याङ पुगेपछि यात्राको औपचारिक समापन हुनेछ । यात्राको अन्तिम आमसभा फिदिममा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com