ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मणिपुर हिंसामा मारिएका २३ जनजातिको शव आज एकसाथ गाडिँदै


ABC NEWS
मंसिर २९, २०८० शुक्रबार   ९ : ४५   बजे

काठमाडौं २९ मंसिर । भारतको मणिपुरमा मारिएका कुकी जनजातिको शव शुक्रबार सामूहिक रूपमा गाडिँदै छ। दाहसंस्कार कार्यक्रम स्थानीय समय बिहान ११ बजे सुरु हुनेछ।

राज्यमा भएको हिंसाको विरोधमा शुक्रबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मका लागि सम्पूर्ण काङपोकपी जिल्लामा १२ घण्टा बन्दको आह्वान गरिएको छ ।

सदर पहाडको आदिवासी एकता समिति (कोटु) ले यस जिल्लाका सबै कुकी(जो समुदायका मानिसलाई शुक्रबार ‘शोक दिवस’ मनाउन र घरघरमा कालो झण्डा फहराउन निर्देशन दिएको छ।

बीबीसी हिन्दीका अनुसार २३ वटा शव काङपोकपी जिल्लाको फैजाङ गाउँमा गाडिनेछ। सामूहिक दाहसंस्कार कार्यक्रमको नारा ‘हाम्रो भोलिका लागि आज आफ्नो बलिदान गर’ राखिएको छ।

मणिपुरमा गत मे ३ मा भएको व्यापक हिंसाको झण्डै आठ महिनापछि बिहीबार बिहान राजधानी इम्फालबाट २३ जनाको शव काङपोकपी पठाइएको हो।

भारतीय वायुसेनाको हेलिकप्टरबाट पठाइएका ती शवमध्ये १९ शव कुकी–जोका छन्। सनाखत हुन नसकेका चार शव पनि छन्।

यी सबै शवलाई कुकीजो चलनअनुसार सम्मानपूर्वक अन्त्येष्टि गर्न लागिएको हो। कुकी(जोवासीले चिहानमा रातभर शोक मनाउने बताइएको छ।

भारतीय सर्वोच्च अदालतको निर्देशनपछि मेदेखिको हिंसामा मारिएका ६४ जनाको शव राजधानी इम्फालबाट काङपोकपी र चुराचन्दपुर जिल्लामा पठाइएको हो।

जसमध्ये २३ शव काङपोकपी र ४१ शव चुराचन्दपुर पठाइएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। ती सबै शव धेरै महिनादेखि शवगृहमा बेवारिसे अवस्थामा थिए।

भारतको सर्वोच्च अदालतले सबै शवलाई राम्ररी गाड्न निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

सम्बन्धित

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group