ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राशि अनुसार नै थाहाहुन्छ प्रेम चरित्र


एबीसी न्यूज
माघ २९, २०७४ सोमबार  ६ : १६ बजे
 मेष

यो राशिका मानिसहरू प्रेमपिपासु हुन्छन् । यिनीहरू प्रेममा तृप्त हुँदैनन् भने एक्लै बस्न मन पराउँदैनन् । प्रेममा जातभात, उमेर केही पनि हेर्दैनन् । यद्यपि यिनीहरू कसैको नाजायज फाइदा लिँदैनन् । प्रेम एवं रोमान्सबिना यिनीहरूले तृप्ति प्राप्त गर्दैनन् ।

वृष 

यो राशिका मानिसहरू प्रेममा बढी उत्साही हुन्छन्, तर यिनीहरूको प्रेमको अन्त्य एकदमै दु:खद हुन्छ । वृष राशिका स्वामीहरू प्रेममा बढी भावुक एवं काल्पनिक हुन्छन् । यो राशिका मानिसहरू प्राय: एकतर्फी प्रेमको सिकार हुन्छन् । यिनको वैवाहिक जीवन सामान्य रहन्छ ।

मिथुन

मिथुन राशिका व्यक्तिहरूको प्रेम प्रसंग एकभन्दा बढीसँग चल्छ । यिनीहरू सदैव आफ्ना प्रेमी/प्रेमिकालाई खुसी देख्न चाहन्छन् । मिथुन राशिका मानिसहरू प्राय: कलाकार वा लेखकप्रति आकर्षित भएका पाइन्छन् । यौनमा बढी नै उत्सुक रहने भए पनि यौन जीवन संयमित नै हुन्छ ।

कर्कट

कर्कट राशिको प्रेम प्रसंग प्राय: एकततर्फी हुन्छ । यो राशिका स्वामीहरू प्रेममा कुनै प्रकारको बन्धन स्वीकार गर्दैनन् । यिनीहरू सदैव प्रेम चाहन्छन् । उपहारभन्दा पनि हाँसो, खुसीका साथ प्रेम अघि बढोस् भन्ने चाहन्छन् । यौनका मामिलामा सदैव कठिनाइ अनुभव गर्छन् ।

सिंह 

सिंह राशिका स्वामीहरू यौनमा विशेष रुचि राख्ने खालका हुन्छन् । प्रेमको साटो प्रेम नै चाहन्छन् तर सदैव त्यस्तो हुँदैन, जसले गर्दा चाँडै हतोत्साही हुन पुग्छन् । यिनीहरूको प्रेम एवं वैवाहिक जीवनको अन्त्य कुनै दु:खद नाटकझैं हुन सक्छ ।

कन्या

कन्या राशिको प्रेम प्रसंग प्रसन्नता एवं आदान–प्रदानमा बित्छ । मानसिक एवं शारीरिक दुवै रूपमा आकर्षित भए पनि यौनमा प्राय: कमजोर नै हुन्छन् । यिनीहरूको प्रेमको परिभाषामा परिवार तथा बालबच्चा पनि समेटिन्छ । कन्या राशिका स्वामीहरू आफूभन्दा पाका व्यक्तिप्रति आकर्षित हुन्छन् ।

तुला

तुला राशिका स्वामीहरू दयालु, बुुद्धिमान एवं सावधान व्यक्तिप्रति आकर्षित हुन्छन् । प्रेममा गम्भीर हुन्छन् । प्राय: प्रदर्शन चाहँदैनन् तर वफादार हुन्छन् । यिनीहरूको उन्नति प्रेम वा विवाहपश्चात् नै हुन्छ ।

वृश्चिक

वृश्चिक राशिका स्वामीहरू प्रेममा भ्रमको सिकार हुन सक्छन् । यिनीहरूको प्रेम सौन्दर्य एवं शारीरिक आकर्षणको विषय हुन्छ, तै पनि प्रेममा भयको वातावरण सदैव कायम रहन्छ । अरूप्रति विश्वास गर्न नसक्नु नै उनीहरूको प्रेममा विफलताको कारण हुन्छ । वृश्चिक राशि स्वामीहरू कोमल मनोवृत्तिका एवं प्रेमका भोगी हुन्छन् ।

धनु 

धनु राशिका मानिसहरू रोमान्टिक मनोवृत्तिका हुन्छन् । यिनीहरू महान् प्रेमी बन्न चाहन्छन्, तर विलासिता एवं विलासी व्यक्तिहरूलाई मन पराउँदैनन् । धनु राशिका स्वामीहरूको दृष्टिमा रोमान्स मनोरञ्जन मात्र नभएर सुखद सामाजिक सम्बन्ध पनि हो । यिनीहरू द्विस्वभाव मनोवृत्तिका हुनाले जीवनमा एकभन्दा बढी व्यक्तिको प्रभावमा हुन्छन् ।

मकर 

मकर राशिका मानिसहरू प्रेममा केही उदासीन हुन्छन् । प्रेमको अभावमा मानसिक तथा शारीरिक रूपमा अस्वस्थ्य रहन्छन् । यिनीहरूको दृष्टिमा प्रेम सुरक्षा तथा एकताको प्रतीक हो र यसले जीवनमा प्रसन्नता एवं सजीवता प्रदान गर्छ ।

कुम्भ

कुम्भ राशिका मानिसहरू विपरित लिंगीको आकर्षणको केन्द्र हुन्छन्, तर यिनीहरूको व्यवहार सुनिश्चित हुँदैन । यिनीहरू प्रेमलाई बौद्धिक स्वरूपमा ग्रहण गर्ने खालका हुन्छन्, तर अतिविश्लेषकवादी हुने हुँदा प्रवंचनाको सिकार बन्न पुग्छन् ।

मीन

मीन राशिका स्वामीहरू बढी नै रोमान्टिक हुन्छन् । यिनीहरूलाई सौन्दर्यले आकर्षित गर्छ । प्रेममा उत्तरदायी पनि हुन्छन्, तर प्रेमको छनौटमा सदैव असफल हुन्छन् । यौन जीवन रोमान्स एवं कल्पनाले भरिपूर्ण हुन्छ, तै पनि यौन र प्रेमको क्षेत्रमा भावुकताको सिकार बन्न पुग्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com