ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनसेल प्रकरणमा प्रधानमन्त्रीको छोरीलाई जोडेर अनर्गल प्रचार


ABC NEWS
मंसिर २३, २०८० शनिबार  ६ : २१ बजे

काठमाडौं २३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सरकारले एनसेलको अवैध शेयर खरीद विक्रिमा रोक लगाएपछि एनसेलमार्फत् देशलाई लुट्न सक्रिय गिरोह सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल प्रचारवाजीमा लागेको छ । उक्त गिरोहको डिजाइनमा मोटो रकम खर्चेर विभिन्न संचार माध्यममा प्रायोजित सामग्रीसहितका विज्ञापन प्रवाह गराउनुका साथै सामाजिक संजालमार्फत् समेत प्रायोजित सामग्री प्रवाह हुन थालेका छन् ।
एनसेलमार्फत् कर छली र दुरसंचार फ्रिक्वेन्सी हत्याएर राष्टलाई अरबौ नोक्सान पुर्याउन सक्रिय गिरोह र उक्त गिरोहलाई साथ दिइरहेका केही व्यक्तिले सम्माननीय प्रधानमन्त्री र उहाँको सचिवालयमा कार्यरत पदाधिकारी विरुद्ध अत्यन्तै झुठ्ठा र अनर्गल प्रचारवाजी गरिरहेका छन् । प्रधानमन्त्री र सचिवालयका कसैको पनि एनसेल र त्यस प्रकरणमा संलग्न कुनै पनि व्यक्तिसँग मिलेमतो त परै जाओस् सामान्य संवादसम्म पनि नभएको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ । सचिवालयले कुनै तथ्य प्रमाणविना यसप्रकारका झुठ्ठा प्रचार नगर्न सम्वन्धित सबैमा आग्रहसमेत गरेको छ ।
केही दिन अघि सांसदसमेत रहेका एक व्यक्तिले कुनै तथ्य, प्रमाणविना सम्माननीय प्रधानमन्त्री र निजकी छोरी एवम् स्वकीय सचिव गंगा दाहालको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेकोमा पनि सचिवालयले गम्भीर आपत्ति जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र सचिवालयमाथि लगाइएको उक्त आरोपको पुष्टि गर्न सम्वन्धित व्यक्तिलाई चुनौति दिँदै चरित्रहत्या र गाली बेइज्यति गर्नेहरुविरुद्ध कानूनी उपचार खोजिने बताएका छन् । साथै यसै विषयलाई लिएर विभिन्न संचार माध्यम र सामाजिक संजालवाटसमेत अनर्गल प्रचार भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसप्रकारका दुस्प्रचारवाट भ्रममा नपर्न सबैमा आग्रह गरेका छन् ।
कानून विपरित एनसेलको शेयर खरिद विक्री प्रक्रिया अघि बढाउन सक्रिय गिरोह अहिले आफ्नो कुकृत्य पर्दाफास भएपछि गैरकानूनी कार्य रोक्न सक्रिय सरकार विरुद्ध नै अनर्गल प्रचारवाजीमा उत्रिएको भन्दै आचार्यले सरकारले एनसेलको अबैध कार्य रोक्ने र गैरकाननूनी कार्यमा संलग्नमाथि कडा कानूनी कारवाही गरिने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com