ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको मध्य प्रदेशमा निर्वाचित ९० विधायकमाथि आपराधिक मुद्दा, ८९ प्रतिशत करोडपति


एबीसी न्यूज
मंसिर २१, २०८० बिहीबार  १ : १९ बजे

काठमाडौं, २१ मंसिर ।  भारतको मध्य प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ । नतिजा सार्वजनिक भएपछि एसोसिएसन फर डेमोक्रेटिक रिफर्म एडीआरले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा मध्य प्रदेशका निर्वाचित २३० विधायकमध्ये ९० जनामाथि आपराधिक मुद्दा चलिरहेको उल्लेख छ । अर्थात्, ३९ प्रतिशत सांसदविरुद्ध आपराधिक मुद्दा चलिरहेको छ ।

ती ९० मध्ये ३४ जनाको मुद्दा गम्भीर प्रकृतिका छन् । यदि, उनीहरू दोषी ठहर भए पाँच वर्षको सजाय हुनेछ ।

प्रतिवेदनानुसार ९० विधायकले नै आफूमाथि चलिरहेको आपराधिक मुद्दाका बारेमा जानकारी दिएका थिए । सन् २०१८ मा सम्पन्न निर्वाचनमा यस्ता विधायकको संख्या ९४ थियो । पाँच वर्षपछि अहिले भएको निर्वाचनमा यो संख्या ९० मा झरेको हो ।

आपराधिक मुद्दा खेपिरहेका ९० विधायकमध्ये ५१ जना भारतीय जनता पार्टी र ३८ भारतीय राष्ट्रिय कांग्रेसका रहेका छन् । एक विधायक भारतीय आदिवासी पार्टीका छन् ।

मध्य प्रदेशमा निर्वाचितमध्ये २०५ विधायक अर्थात् ८९ प्रतिशत करोडपति छन् । करोडपति विधायकमा १४४ जना भारतीय जनता पार्टी र ६१ कांग्रेसका रहेका प्रतिवेदनमा उल्लेख छ ।

गएको विधानसभा निर्वाचनमा भन्दा योपटक करोडपति विधायकको संख्या बढेको छ । २०१८ मा भएको निर्वाचनमा १८७ करोडपति निर्वाचित भएका थिए । बीबीसी हिन्दीबाट ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

थाइल्याण्डको चुनावले स्पष्ट सन्देश: सामाजिक सञ्जालको ट्रेन्ड नै मत परिणाम होइन

दक्षिण अफ्रिकाले डबल सुपर ओभर थ्रिलर जित्यो, वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हरायो

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

मस्कोको नयाँ रणनीति: राज्य-नियन्त्रित ‘म्याक्स’ एपलाई बढावा दिन टेलिग्राममा अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com