ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको मध्य प्रदेशमा निर्वाचित ९० विधायकमाथि आपराधिक मुद्दा, ८९ प्रतिशत करोडपति


एबीसी न्यूज

काठमाडौं, २१ मंसिर ।  भारतको मध्य प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ । नतिजा सार्वजनिक भएपछि एसोसिएसन फर डेमोक्रेटिक रिफर्म एडीआरले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा मध्य प्रदेशका निर्वाचित २३० विधायकमध्ये ९० जनामाथि आपराधिक मुद्दा चलिरहेको उल्लेख छ । अर्थात्, ३९ प्रतिशत सांसदविरुद्ध आपराधिक मुद्दा चलिरहेको छ ।

ती ९० मध्ये ३४ जनाको मुद्दा गम्भीर प्रकृतिका छन् । यदि, उनीहरू दोषी ठहर भए पाँच वर्षको सजाय हुनेछ ।

प्रतिवेदनानुसार ९० विधायकले नै आफूमाथि चलिरहेको आपराधिक मुद्दाका बारेमा जानकारी दिएका थिए । सन् २०१८ मा सम्पन्न निर्वाचनमा यस्ता विधायकको संख्या ९४ थियो । पाँच वर्षपछि अहिले भएको निर्वाचनमा यो संख्या ९० मा झरेको हो ।

आपराधिक मुद्दा खेपिरहेका ९० विधायकमध्ये ५१ जना भारतीय जनता पार्टी र ३८ भारतीय राष्ट्रिय कांग्रेसका रहेका छन् । एक विधायक भारतीय आदिवासी पार्टीका छन् ।

मध्य प्रदेशमा निर्वाचितमध्ये २०५ विधायक अर्थात् ८९ प्रतिशत करोडपति छन् । करोडपति विधायकमा १४४ जना भारतीय जनता पार्टी र ६१ कांग्रेसका रहेका प्रतिवेदनमा उल्लेख छ ।

गएको विधानसभा निर्वाचनमा भन्दा योपटक करोडपति विधायकको संख्या बढेको छ । २०१८ मा भएको निर्वाचनमा १८७ करोडपति निर्वाचित भएका थिए । बीबीसी हिन्दीबाट ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com