काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्युबाका राष्ट्रपति मिग्वेल डियाज केनेलबीच भेटवार्ता भएको छ।
यूएई पुगेका उनीहरूबी कोप–२८ को अवसरमा भेट भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
भेटवार्तामा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ। कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड गत बुधबार त्यसतर्फ प्रस्थान गरेका थिए।
प्रतिक्रिया दिनुहोस्