ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख घिमिरे- निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका खेल्नुपर्छ


एबीसी न्यूज

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नवौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले औद्योगिक असुरक्षा, लगानीमैत्री वातावरणको कमी, करका दरहरूको अनिश्चिता जस्ता कुराले निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन नसकेको भन्दै निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सभामुखको हैसियतले लगानीमैत्री कानुन निर्माणको नेतृत्वका लागि सदैव आफ्नो प्रयत्न हुने उनले बताए । सभामुख घिमिरेले व्यापार घाटाको आकार बढ्दै गएको अवस्थामा संरचनागत सुधार, प्रतिस्पर्धात्मक क्षमता विकास एवं आन्तरिक उत्पादन वृद्धिमा जोड दिनुपर्ने आवश्यकता रहेको धारणा राखे ।

मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न वैदेशिक व्यापारको महत्वपूर्ण भूमिका हुने भन्दै उनले पुँजीगत खर्च असाध्यै कम रहेको अवस्थामा वर्षा र चाडपर्व सकिएसँगै अब खर्च बढाउने कामलाई गति दिनुपर्नेमा जोड दिए । वैदेशिक व्यापारमा आयातभन्दा निर्यात बढी हँुदा देशभित्र विदेशी मुद्रा भित्रिन गई आर्थिक स्थिति सबल हुने भए पनि नेपालजस्तो अल्पविकसित मुलुकमा निर्यातभन्दा आयात व्यापारको अंश कयौँ गुणाले बढी रहेको स्थिति रहको सभामुख घिमिरेले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुरु भएको मेला १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभिलियन तथा जुत्ता उत्पादक संघको तर्फबाट ४० स्टल र चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट आठरआठ स्टलहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com