ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्– यात्रु छुटाउने विषय क्षम्य हुन सक्दैन


एबीसी न्यूज

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाल एयरलाइन्सका यात्रु अलपत्र पारिएको विषय क्षम्य हुन नसक्ने बताएका छन् ।

बुधबार राति प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागी हुन दुबई जाने क्रममा दुई महिनाअघि टिकट लिएका ३१ यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र पारिएको थियो । यात्रु छुटाएको वा उडान अगाडि सारिएको विषय प्रधानमन्त्रीलाई जानकारी नभएको उनको भनाइ छ ।

नेपाल एयरलाइन्सको लापरबाही स् विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री लिएर उड्यो
“प्रधानमन्त्रीज्यूका लागि एक हप्ताअगाडि टिकट लिइएको थियो । उहाँलाई दिइएको समय ९ः३० बजेको थियो र ९ः३० मै उहाँ उड्नुभएको हो,” प्रेस सल्लाहकार आचार्यले  भने, “प्रधानमन्त्रीलाई यात्रु छुटेको विषय जानकारी छैन । त्यसरी छुटाइएको हो भने त्यो क्षम्य विषय हुन सक्दैन ।”

टिकट लिएका यात्रुलाई छुटाइएको भए त्यसको जिम्मा सम्बन्धित पक्ष एयरलाइन्स०ले नै लिनुपर्ने आचार्यले बताए ।

उनले प्रधानमन्त्री प्रचण्ड विशेष विमानबाट नभएर नियमित उडानमार्फत संयुक्त अरब इमिरेट्स यूएई० गएको जानकारी दिए । उडान तालिका परिवर्तन गरिएको पनि प्रधानमन्त्री र सचिवालयलाई जानकारी नभएको उनले बताए ।

“प्रधानमन्त्री विशेष विमानमा भ्रमणमा जानुभएको होइन, नियमित उडानमा टिकट लिएर जानुभएको हो,” आचार्यले भने, “प्रधानमन्त्रीलाई दिइएको समयमा उडान भएको छ । यात्रुलाई अलपत्र पारिएको छ भने त्यो क्षम्य हुनै सक्दैन ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com