काठमाडौं, १३ मंसिर । सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल वायुसेवा निगमको जहाज खरिदका विषयमा छानबिन सुरु गरेको छ । जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै कार्यालयमा सोमबार उजुरी परेको थियो ।
उक्त उजुरीमाथि प्रारम्भिक छानबिन सुरु गरिएको कार्यालयका सह–सचिव विष्णुप्रसाद शर्माले जानकारी दिए । कार्यालयमा उजुरी परेपछि निगमसँग प्रारम्भिक जानकारी मागेको शर्माले बताए ।
“जहाज खरिद प्रक्रियामा अनियमितता भएको र आर्थिक स्रोत स्पष्ट नभएको भन्दै सोमबार उजुरी परेको थियो । त्यसलगतै हामीले के भएको हो भनेर प्रारम्भिक जानकारी मागेको छौं,” उनले भने ।
नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स०ले विमान खरिदका लागि टेन्डर बोलपत्र० आह्वान गरेको छ । निगमले तीन ‘स्टल’ विमान खरिदका लागि ३५ दिने सूचना निकालेको छ । सूचनाअनुसार आउँदो डिसेम्बर ५ तारिखसम्म आवेदन दिइसक्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्