ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दीमै अपराध ! तीन वर्षमा एसपीसहित ८९ प्रहरी नै कारबाहीमा


एबीसी न्यूज

काठमाडौं, १२ मंसिर । अपराधलाई कारबाही गर्ने जिम्मेवारी पाएका सुरक्षाकर्मी नै जघन्य प्रकृतिको अपराधमा संलग्न हुने गरेको घटना देखापरेका छन् । रसुवामा आइतबार मात्रै एक व्यक्तिलाई बेपत्ता पारेको आरोपमा दुई प्रहरी कर्मचारी हिरासत पुगे ।

रसुवा गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका ४२ वर्षीय काले भन्ने छिरिङ तामाङलाई बेपत्ता पारेको आरोपमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण थारू हिरासत पुगेका हुन् ।

कुटपिट तथा झै–झगडा आरोपमा पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिँदै जिल्ला प्रहरी कार्यालय धुञ्चे ल्याउँदै गर्दा तामाङले रोङ्गा दोभानको नजिक उत्तरतर्फको भीरबाट हाम फालेर बेपत्ता भए ।

उनी अझै फेला परेका छैनन् । तर, उनका परिवारले भने तामाङलाई प्रहरीले बेपत्ता पारेको भन्दै प्रहरीमा निवेदन दिएका छन् । त्यही निवेदनपछि रसुवा प्रहरीले आफ्नै कर्मचारी शाह र थारुलाई नियन्त्रणमा लिएको थियो ।

आइतबार जिल्ला अदालत रसुवाले उनीहरू दुवैलाई जनही ६ लाख ५० हजार धरौटी बुझाउन आदेश दियो । तर, धरौटी बुझाउन नसकेपछि दुवैजना कारागार चलान भएका छन् ।

एक महिना अघिमात्रै २१ असोजमा काठमाडौं महाराजगञ्जमा भएको लुटपाट घटनामा प्रहरी कर्मचारीकै संलग्नता देखिएपछि असईसहित तीन जना पक्राउ परेका थिए । उनीहरुसमेत हाल पुर्पक्षका लागि जेल चलान भएका छन् ।

प्रहरी वृत्त महाराजगन्जमा कार्यरत असई सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल लुटपाटलमा संलग्न थिए । उनीहरुले सिन्धुलीका मदन पुरी र सन्तोष पुरीसँग निजी गाडीमा ठमेलबाट युवतीसहित बालुवाटार जाँदै गरेका कुमार रोका र नवराज नगरकोटीलाई रोकेर लुटपाट गरेका थिए ।

हुन त, सुन तस्करी तथा अवैध सामान ओसार–पसारमा सुरक्षा संगठनकै गाडीदेखि सुरक्षाकर्मी नै संलग्न हुने गरेको घटना सार्वजनिक नभएको होइन । सुन तस्करीमा प्रहरीका दर्जनौ अधिकारी एकै पटक जेल समेत पुगेका छन् । पछिल्लो समय चोरीदेखि लुटपाट तथा डकैतीमा समेत सुरक्षाकर्मी संलग्न हुने गरेको घटना बढ्न थालेको हो ।

३० कार्तिकमा अर्को सुरक्षा संगठन सशस्त्र प्रहरी बलका असईसमेत चोरी घटनामा पक्राउ परे । कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरीको आरोपमा सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलामा कार्यरत असई रमेश भण्डारी पक्राउ परेका हुन् ।

उनीमाथि चोरी मुद्दामा अनुसन्धान अझै जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी तालिमको दौरान दार्चलाबाट धनगढी आएको खुलेको छ ।

त्यसरी नै विभिन्न अपराधमा नेपाली सेनाका कर्मचारीसमेत मुछिदै आएका छन् । दुई वर्षअघि मात्रै महेन्द्र दल गण शिवपुरीमा कार्यरत सैनिक जवान गंगाधर ढकालले पैसाका लागि आफ्नै साथी सैनिक हवल्दार भरत गुरुङको गोली हानी हत्या गरेका थिए ।

भरतपुर निवासी ढकालले विदामा चितवन गएका धादिङका गुरुङको हत्या गरेका थिए । त्यबाहेक लागूऔषध तस्करीदेखि ठगी आरोपमासमेत सैनिक कर्मचारी पक्राउ पदै आएका छन् । सैनिक कर्मचारी संलग्न घटनाको अनुसन्धान गर्ने सेनाभित्र आफ्नो छुट्टै सैनिक अदालत समेत छ । जसको प्रारम्भिक अनुसन्धान सैनिक प्रहरी गणले गर्ने गर्छ ।

आमजनताको सुरक्षामा खटिने सुरक्षाकर्मी नै अपहरण, लुटपाट तथा चोरी डकैती जस्ता घटनामा मुछिनु दुःखद भएको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् ।

“सुरक्षा निकायका कर्मचारी नै अपराधिक गतिविधिमा संलग्न हुनु समाजका लागि खतरा हो । पछिल्लो समय सुरक्षा संगठनमाथि राजनीतिक हस्तक्षेप बढेको छ । जसकारण अनुुशासनमा बस्नुभन्दा शक्ति केन्द्रको पाउँमा पर्ने अवस्थाका कारण यो अवस्था आएको हो,” मल्ल भन्छन् ।

आचरण सुधारका लागि भर्ना छनोटदेखि सामान्य गल्ती गर्दा पनि रेकर्ड राख्ने चलन र आपराधिक मनोवृत्ति भएका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मल्लले बताए ।

आमसर्वसाधारण मानिसको तुलनामा सुरक्षा संगठनमा कार्यरत सुरक्षाकर्मीमा अनुशासन बढी हुन्छ । कठोर तालिम तथा संगठनभित्रको आफ्नै ‘चेन अफ कमाण्ड’ का कारण उनीहरु बढी अनुशासित हुने गरेका हुन् । हरेक सुरक्षाकर्मी संगठनभित्र चेनअफ कमाण्डमा रहनैपर्छ ।

संगठनको ‘चेन अफ कमाण्ड’मा रहन नसक्ने र अनुशासन पालना नगर्ने सुरक्षाकर्मीमाथि आन्तरिक रुपमा यातना नै हुन्छ ।

तीन वर्षमा कति प्रहरीलाई भयो कारबाही ?

यसरी संगठनको आचारणविपरीत र आपराधिक गतिविधिमा सशस्त्र प्रहरी बल र नेपाली सेना भन्दा नेपाल प्रहरीको संलग्नता बढी देखिएको छ । संगठनको आचरणविरुद्ध प्रहरीका कार्यालय सहयोगीदेखि वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० सम्म संलग्न देखिएका छन् ।

प्रहरी प्रधान कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक अनुसार, पाँच हजार ८६६ जना प्रहरी कर्मचारीमाथि कारबाही भएको छ । आर्थिक वर्ष २०७७–०७८ मा एक हजार ९८२ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । त्यस्तै, २०७८–०८९ मा एक हजार ८६० जना प्रहरी कारबाहीमा परेका छन् ।

त्यस्तै ०७९–०८० मा दुई हजार २४ जना कारबाहीमा परेका छन् । यसरी कारबाहीमा परेकामध्ये ८९ जना सिनियर प्रहरी अधिकारी नै छन । जसमध्ये ६४ प्रहरी निरीक्षक १६ डीएसपी र १० एसपी छन् ।

यसरी आचरणविपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कसूर हेरेर ग्रेड घटुवादेखि बर्खास्तसम्मका कारबाही भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी र सेनामा पनि कारबाहीको संख्या प्रहरीको तुलनामा कम भएपनि शुन्य भने छैन ।

किन गर्छन् बर्दीको आडमा अपराध ?

अपराधीलाई कानुनको दायरामा ल्याउने प्रहरी तथा आम नागरिकको जीउधनको सुरक्षामा खटिनुपर्ने सुरक्षाकर्मी आफैँ आपराधिक गतिविधिमा संलग्न हुँदै गएको तथ्य संवेदनशील छ । अनुशासनका लागि कठोर मानिएको सुरक्षाकर्मी व्यक्तिगत लोभ र चाँडो धनी बन्ने उच्च महत्वकांक्षाका कारण आपराधिक क्रियाकलापमा संलग्न हुने थालेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनाली भन्छन्, ‘‘संगठनमा रहेका खराब मनोवृत्तिका कर्मचारीलाई त्यहीअनुसारको कारबाही हुन्छ । अपराध गर्दा बर्दी लगाएको आडमा कोही पनि जोगिँदैनन् ।’’

पूर्वगृहसचिव गोविन्द कुसुमले सुरक्षाकर्मीमा आवश्यक परामर्श र तालिम आवश्यक रहेको बताए ।

“सुरक्षाकर्मी पनि हाम्रै समाजका उपज हुन् । उनीहरुले बर्दी लगाएपछि मात्रै त्यसको उजार भएको हो,’’ कुसुमले बाह्रखरीसँग भने, ‘‘तर, बर्दी लगाएपछि संगठनको मुख्य उद्देश्यलाई नै आत्मसात गर्नुपर्छ । त्यसका लागि सुरक्षाकर्मीलाई तालिमको आवश्यकता पर्छ ।’’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com