ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तातोपानी नाकाबाट ११८ किलोग्राम सुन बरामद


एबीसी न्यूज

मेलम्ची, २९ माघ ।  सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ ।

तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ ।

भूकम्पअघि तातोपानी नाका सञ्चालन हुँदा सुन तस्करको गिरोह जिल्लामा सक्रिय थियो । नेपाली र चिनियाँ नागरिकको मिलेमतोमा नेपाल हुँदै तेस्रो मुलुकमा अवैध सुन ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रायः तस्करले तरकारीको बोरा, गाडीको टायर तथा भरिया प्रयोग गरेर सुन तस्करी गर्ने गरेका छन् । सँधै सुन बोक्ने भरिया मात्र पक्राउ पर्ने गरेका छन् । सुन तस्करको गिरोह उम्कने गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चौताराको तथ्याङ्कअनुुसार २०६९ साल पुस १ गते बेवारिसे अवस्थामा सशस्त्र प्रहरी बल तातोपानीले तीन किलोग्राम सुन बरामद गरेको थियो । सीमा प्रहरी चौकी कोदारी, इलाका प्रहरी कार्यालय बाह्रबिसे तथा सशस्त्र प्रहरी बलले २०७० सालमा मात्रै लुकाई–छिपाई काठमाडाँै लैजाँदै गर्दा तातोपानी तथा बाह्रबिसे क्षेत्रबाट ३२ किलोग्राम पाँच तोला ६४ लाल सुनसहित १० जनालाई पक्राउ गरेको थियो ।

पछिल्लो छ वर्षमध्ये २०७१ सालमा सबैभन्दा बढी सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो । विसं २०७१ मा प्रहरीले ६५ किलोग्राम छ तोला २९ लालसहित ११ जनालाई पक्राउ गरेको थियो । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द भयने । लामो समय यातायातसमेत सञ्चालनमा नआएकाले उक्त क्षेत्र सुनसान बन्यो । तातोपानी नाका बन्द भएपछि सुन तस्करको बाटो परिवर्तन गरेका छन् ।

तातोपानी नाका बन्द भएसँगै तस्करले वैकल्पिक बाटो रोजेका हुन् । अहिले तस्करले रसुवागढी नाकाबाट सुन तस्करी गर्न थालेका छन् । भूकम्पका कारण नाका बन्द भएपछि तातोपानीमा चहलपहल निकै कम भएको छ । प्रहरीका अनुसार २०७३ वैशाख १७ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डे नेतृत्वको टोलीले बा९च १४६३ नंको फोर्ड गाडीबाट ल्याउँदै गरेको अवस्थामा बाह्रबिसे बजारमै १८ किलोग्राम सुन बरामद गरेको थियो ।

प्रहरीले सुन ल्याउँदै गरेका तातोपानी–३ का साङ्बो शेर्पा र निङ्नर शेर्पा तथा मेलम्ची–८ की विमला थापालाई पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनाले भूकम्पअघि नै लुकाएर राखेको सुन विभिन्न कारणले ल्याउन नसकेकोे र सुन राखेको घरधनीले आत्महत्या गरेपछि लैजाने प्रयास गरेको बयान दिएका भए पनि उक्त बयान बनावटी भएको प्रहरीको भनाइ छ ।

खासाबाट कति सुन अवैध रुपमा काठमाडौँ भित्रियो भन्ने यकिन तथ्यांक प्रहरीसँग छैन । नेपाली बजारमा सुन ल्याउँदा नेपाल राष्ट्र बैंकमार्फत मासिक १५ किलोग्राम मात्र ल्याउन पाउने प्रावधान छ । नेपाली बजारमा सुनको मागलाई वैधानिकताले नथेगेकाले तस्करी बढेको हो र तातोपानी नाकाबाट सुन वैध रुपमा ल्याउन नपाइने भएकाले पनि व्यवसायीले तस्करी गर्ने गरेको हुनसक्ने प्रहरीको भनाइ छ । अहिले चीनसँगको सीमा तातोपानीको लिपिङसम्म सडक पुगेको छ । नेपालकातर्फबाट तातोपानी नाका खोल्नका लागि पटक पटक अनुरोध गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

मुलुक पुरानो व्यवस्थामा फर्किंदैन : प्रचण्ड

कृषि अनुदान वितरणमा भ्रष्टाचार ठहर, सचिव नम्रता सिंहसहित तीन जना दोषी

के भारतले आफ्नो व्यापारको अवसर कब्जा गर्न सक्छ?

ए.आई.ले गणितीय मस्तिष्कलाई मार्दैछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com