काठमाडौं, २९ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टुवान बार्ता सकिएको छ । पार्टी एकता रसरकार गठनको बिषयमा अन्तिम गृहकार्य गरिरहेका दुई अध्यक्षबीच आज बिहान करिव दुई घण्टा वान टु वान बार्ता भएको हो ।
एमाले स्रोतका अनुसार ओली र दाहालको आजको भेट एकीकृत पार्टीको नेतृत्वमा केन्द्रीत रहने र छिटै नयाँ नतिजा दिने विषयमा केन्द्रित रही छलफल भएको छ । दुई अध्यक्षबीच हुने छलफलमा ठोस निष्कर्ष भने आइसकेको छैन । यस बिषयमा थप छलफल गर्न मंगलबार एकता संयोजन समितिको बैठक बस्ने सम्भावना रहेको छ।
ओली र दाहालबीच जनताको भावनाअनुसार एकता अघि बढाउने सहमति भएपनि ठोश निर्णय आउन सकेको छैन । आजको बार्तामा दुई अध्यक्षबीच एकताको बिभिन्न बिकल्पबारे छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्