ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका जारी, यस्ता छन् नयाँ व्यवस्था


एबीसी न्यूज

काठमाडौं, ५ मंसिर । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाका लागि ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन(२०८०’ जारी गरेको छ।

नयाँ निर्देशन जारी गर्दै केन्द्रीय बैंकले विद्युतीय भुक्तानी ९वालेट० कम्पनीहरूको संस्थापक सेयर खरिद बिक्रीमा प्रहरीको क्लिन चिट आवश्यक पर्ने व्यवस्था गरेको हो।

एकीकृत निर्देशन, २०८० को नयाँ व्यवस्थाअनुसार भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी प्रणाली सेवा प्रदायक कम्पनीहरूको संस्थापक सेयर खरिद(बिक्री गर्दा प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि भएमा सेयर नामसारी, खरिद(बिक्री वा हक हस्तान्तरण गर्न पाइने छैन।

साथै, सञ्चालक समितिको बैठक वर्षमा कम्तीमा ६ पटक बस्नु पर्दछ। तर, दुई बैठकबीचको अन्तर दुई महिनाभन्दा बढी हुनु हुँदैन।

सञ्चालक समितिले कम्तीमा वर्षको एकपटक जोखिम व्यवस्थापनको लागि कार्यान्वयनमा ल्याएको आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन मापदण्डको समीक्षा गर्नुपर्नेछ।

राष्ट्र बैंकले भुक्तानीसम्बन्धी काम गर्ने संस्थाका सञ्चालक र संस्थापक संस्थाहरूबाट सापटी लिन नपाउने व्यवस्था गरेको छ। यसअघिसम्म सञ्चालकहरूको हकमा मात्रै यस्तो व्यवस्था गरिएको थियो। यस्तो व्यवस्था वालेट कम्पनीहरूमा संस्थागत सुशासन कायम गर्दै यस्ता कम्पनीलाई थप व्यवस्थित गराउन ल्याइएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

यस्तै, यसअघि नै जारी भएको साइबर रेजिलियन्स गाइडलाइन्सलाई मार्गदर्शनको रूपमा लागू गर्न निर्देशन दिइएको छ।

ग्राहक पहिचानसम्बन्धी व्यवस्थाबमोजिम पूर्ण रूपमा कागजात तथा विवरण पेस नगरी कारोबार गरिरहेका विद्यमान ग्राहकहरूको हकमा संस्थाले २०८१ असार मसान्तसम्ममा सम्पूर्ण कागजात तथा विवरण लिई ग्राहक पहिचान तथा सम्पुष्टि गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com