सिन्धुली । तीनपाटन गाउँपालिका वडा नम्बर ११ को वडाध्यक्ष बनेकी छन् भावना बस्नेत ।
अन्तर्राष्ट्रिय बाल दिवस (नोभेम्वर २०) को अवसर पारेर एक दिनका लागि उनी वडाध्यक्ष बनेकी हुन् ।
तीनपाटन गाउँपालिका वडा नम्बर ११ को वडाध्यक्ष तिलकबहादुर बस्नेत क्षेत्रीले वडाध्यक्षको पद हस्तान्तरण गर्दै भावनालाई वडाध्यक्षको जिम्मेवारी दिएका हुन् ।
अन्तर्राष्टिय बाल दिवसको अवसर पारेर आफूलाई पद हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै भावनाले वडाध्यक्ष तिलकबहादुरसँग वडा समितिले बालबालिकाको क्षेत्रमा गरिरहेको काम र भोलिका दिनमा गर्ने कामको बारेमा जानकारी लिए ।
वडाध्यक्ष भावनाले आजको दिनलाई बालमैत्री वडा घोषणा गर्ने भने पनि विविध कारणले हुन नसकेको, बाल क्लब गठन तालिम प्रदान विभिन्न र्यालि र बाल विवाह हुन नदिने जस्ता काम गैरसरकारी संस्थासँग मिलेर काम गरिरहेको जानकारी गराए ।
वडाध्यक्ष्ँले तीनपाटन ११ र्ला बालमैत्री वडा घोषणा गर्ने कार्यक्रम आगामी पुस २९ गते गर्ने, बाल श्रममुक्त गर्न बजार क्षेत्रको होटल, पसल, बाइक ग्यारेजमा बाल क्लबको अगुवाइमा स्टिकर टास्ने कार्यक्रम गर्ने र बाल क्लब सन्जाललार्इ सक्रिय गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय समेत गरेका छन् ।
वडाध्यक्ष बनेकी भावनाले आफूलाई अन्तराष्ट्रिय बाल दिवसको दिन पारेर वडाध्यक्षको जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्दै वडा परिवार, रिलिफ नेपाल, वर्ल्ड भिजन बाल सन्जाल सबैलाई खुशीसहित धन्यवाद समेत दिइन् । वडा कार्यलयको आयोजनामा रिलिफ नेपाल र वर्ल्ड भिजनको आर्थिक तथा प्राबिधिक सहयोगमा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया दिनुहोस्