ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करदाता सेवा कार्यालय सञ्चालनमा ल्याइनेः मन्त्री कार्की


admin

इटहरी, २८ माघ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले करदातालाई सहजरुपमा कर तिर्नका लागि देशका विभिन्न स्थानमा करदाता सेवा कार्यालय सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

इटहरीमा आन्तरिक राजश्व कार्यालयअन्तर्गत करदाता सेवा कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले मन्त्रालयले चाँडै नै सुनसरी सदरमुकाम इनरुवामा पनि करदाता सेवा कार्यालय निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

आन्तरिक राजश्व विभागका महानिर्देशक किशोरजंग कार्कीले राजश्व संकलनमा मन्त्रालयले तोकेको जिम्मेवारीलाई इमान्दारितापूर्वक सम्हाल्न विभागले विशेष ढंगले काम गरिरहेको बताउनुभयो ।

सो अवसरमा करदाता सेवा कार्यालय, इटहरीका प्रमुख भोगी राईले रु दुई करोड ८४ लाखको लागतमा दुई कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको सो भवनमा तीन तला र १७ कोठा रहेको जानकारी दिनुभयो । प्रमुख राईले यस कार्यालयअन्तर्गत आयकरमा रु २२ हजार ७१२, मूल्य अभिवृद्धि करमा रु दुई हजार ५१९ र अन्तःशुल्कमा रु एक हजार ३४९ करदाता रहेको जानकारी दिनुभयो ।

त्यस्तै, व्यक्तिगत पान नम्बर लिनेको संख्या पाँच हजार ४९८ रहेको जानकारी दिँदै उहाँले चालु आवमा रु एक अर्ब ९४ करोड ११ लाख ५५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएको बताउनुभयो ।

यसैबीच, अर्थमन्त्री कार्कीले आज सुनसरीको कोशी गाउँपालिकाको लौकहीस्थित खुनियाधारमा बीस बिघा जमिन क्षेत्रमा स्थापना गरिएको प्रादेशिक राष्ट्रिय आयुर्वेदिक अनुसन्धान प्रविधि तथा तालीम केन्द्रको उद्घाटन गर्नुभयो ।

उहाँले रु एक अर्ब लगानी रहेको तालीम केन्द्र सञ्चालनमा आएपछि प्रदेश नं १ का सम्पूर्ण नागरिकले आयुर्वेदिक औषधि सुलभरुपमा प्राप्त गर्ने र उपचारमा पनि विश्वसनीय सेवा उपलब्ध हुने विश्वास सरकारले लिएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा सिद्धार्थ ठाकुरले शाखा स्थापनाले प्रदेश नं १ मा आयुर्वेदसम्बन्धी चिकित्सकीय सेवासहित यस प्रदेशमा रहेका जडीबुटीको अध्ययन र अनुसन्धानका लागि पनि कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com