ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाका सांसद घरदैलोमा पुग्दै


एबीसी न्यूज

काठमाडौ १ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार गत निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि शनिबारदेखि सोमबारसम्म जनताको घरदैलो जाने भएको हो ।

“चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दैछौँ”, प्रवक्ता डा ढकालले राससलाई भने, “गत निर्वाचनमा अमूल्य मतसहित विश्वास दिनुभएकामा धन्यवाद दिन पार्टीको सबै सङ्गठन परिचालन गरी यही मङ्सिर २, ३ र ४ मा घरदैलोमा जाँदैछौ । जनताबाट थप सल्लाह, सुझाव र खबरदारी गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको हो ।

यही मङ्सिर ४ गते मतदान सम्पन्न भएको एक वर्ष पूरा हुँदैछ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत सहभागी हुनेछन ।प्रत्यक्षतर्फको एक सय ३१ र समानुपातिकतर्फको एक सय सातजना सहभागी हुनेछन । “नयाँ पार्टीका रुपमा हामी चुनावमा हतारमा थियौँ । त्यस समयमा गरिएको प्रतिबद्धताप्रति प्रतिबद्ध नै छौँ है भन्ने सन्देश दिन पनि जनताको घरदैलो जाँदैछौँ”, सहमहामन्त्री बुर्लाकोटीले भन्नुभयो, “एक सय ३१ वटा निर्वाचन क्षेत्र र त्यसबाहेक थप १० निर्वाचन क्षेत्र समिति गरी एक सय ४१ निर्वाचन क्षेत्रमा परिचालन हुनेछ ।

प्रवक्ता डा ढकालले तीन दिनमा सबै ठाउँमा पुग्न सम्भव नभए पनि अन्य समयमा विभिन्न कार्यक्रममार्फत जनतासम्म पुग्ने बताए । यस्तै, आज पार्टीको सातै प्रदेशको प्रदेश र निर्वाचन क्षेत्रस्तरीय बैठकसमेत बस्दैछ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com