काठमाडौं, १ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलनलाई शुक्रबार साँझ ‘भर्चुअली’ सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले यस्तो जानकारी गराएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलनको आयोजना गरेका हुन् ।
भारतमा आयोजना गरिएको उक्त सम्मेलनको थिम ‘ग्लोबल साउथ स् टुगेदर फर द फ्युचर’ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्