ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाइटीका कसरी लगाउने ? पाँच कि सात रंगको टीका लगाउने ?


एबीसी न्यूज

काठमाडौं, २९ कात्तिक ।  तिहारको भाइटीका लगाउँदा विभिन्न विधि तथा पद्धति अपनाउनु राम्रो हुने बताइएको छ । भाइटीका लगाउनुभन्दा अगाडि, लगाउँदा र लगाइसकेपछि के–के कसरी गर्ने त्यसको आ–आफ्नै विधिशास्त्रीय मान्यता छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सभापति प्रा। डा। माधवप्रसाद भट्टराई टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पूर्वबाट पश्चिम फर्किनुपर्ने बताउँछन् । उनले भने, “टीका लगाइमाग्ने मान्छे पूर्व फर्किएर बस्नु राम्रो हुन्छ । दिदीबहिनी पश्चिम फर्किएर दाजुभाइलाई टीका लगाइदिनुपर्छ ।”

कता फर्किने भन्ने कुराको निर्धारण चन्द्रमाको अवस्था हेरेर गरिएको उनको भनाइ छ । विधिपूर्वक भाइटीका लगाउने हो भने सुरुमा दियो, कलश र गणेशको पूजा गर्नुपर्छ ।

“त्यसपछि अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । दीर्घायूको कामना गर्न अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ,” उनले भने, “अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा गर्नुपर्छ ।”

दाजुभाइको पनि लामो आयु होस् भनेर यसरी पूजा गरिने विधिशास्त्रीय परम्परा रहेको उनी बताउँछन् । महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूर्जा गर्नु पर्ने उनको भनाइ छ ।

“यसरी पूजा गरिसकेपछि दाजुभाइलाई उपयुक्त स्थानमा राख्नुपर्छ । त्यसपछि दिदीबहिनीले दाजुभाइलाई बीचमा पारेर पानी र तेलको धाराले छेक्नु पर्छ । तेल र पानीले छेक्दा सकेसम्म तेल र पानीको धारा नटुटेको राम्रो हुन्छ,” उनले भने, “दाजुभाइलाई टीका लगाइदिँदा ढोकामा ओखर फुटाउने चलन छ । ओखर फुटाउनुको अर्थ अनिष्ट तत्व घरभित्र नपसोस् भनेर हो । दाजुभाइलाई कुनै पनि अनिष्टले दुःख नदियोस् भनेर हो । ओखर फुटाउनु अनिष्टलाई फुटाएर कष्ट नास गरिएको संकेत हो ।”

दाजुभाइको आयु लामो होस् भनेर यमराजसँग कामना गरिन्छ । यसपछि सप्तरंगी तथा पञ्चरंगको टीका लगाउनु पर्ने प्रा।डा। भट्टराई बताउँछन् ।

कसैले पाँच र कसैले सात रंगको टीका लगाउने गरेको उनले जानकारी दिए । पाँच वा सात, जति रंगको टीका लगाए पनि फरक नपर्ने उनको भनाइ छ ।

“सात रंग जुटाउन नसक्दा पाँच रंगको टीका लगाउने चलन छ । तर, आजकाल सात रंग नै पाउन धेरै कठिन छैन । तिहारमा रातो, निलो, पँहेलो, हरियो र सेतो रंगको टीका लगाउने परम्परा छ ।

सात रंग नै प्रयोग गर्नुको कारण सप्तरंगी इन्द्रेणी जति राम्रो हुन्छ, त्यति सात रंगको टीका पनि राम्रो हुन्छ भनेर हो,” उनी अगाडि थप्छन्, “हाम्रा दाजुभाइलाई सुन्दर बनाउनुपर्छ, सात रंगजस्तै दाजुभाइको जीवन पनि रंगीन होस् भनेर सात रंगको टीका लगाउने गरिएको हो ।”

जिन्दगीमा सुख, दुःख, उकाली, ओराली छन् । राम्रा नराम्रा दुवै अनुभूति दाजुभाइको जिन्दगीमा हुन्छ । त्यसको प्रतीकका रूपमा पनि टीकामा रंगहरूको प्रयोग गरिएको उनले स्पष्ट पारे ।

“रंगहरूको प्रतीकात्मक रूपमा अलगअलग अर्थ पनि छ । मित्रता, त्याग, ऊर्जा र शक्ति, शान्तिको प्रतीकका रुपमा रंगलाई प्रयोग गरिएको हो तिहारको टीकामा,” समिति सभापति प्रा।डा। भट्टराई भन्छन्, “टीकालाई राम्रो पनि मानिन्छ, किनभने जिन्दगीमा पनि सौन्दर्य हुनुपर्छ भन्ने हो । पहिला सेतो रंगको ठाडो रंग लगाएर त्यसमाथि अन्य रंग लगाउनु अर्थ राम्रो पार्नु हो । यसको अर्थ जीवनलाई पनि यसरी लगाइने सुन्दर टीकाजस्तै राम्रो सुन्दर बनाउनु पर्छ भन्ने हो ।”

दाजुभाइलाई सात अथवा पाँच रंगको टीका लगाइदिएपछि उनीहरूले सगुनको रूपमा खाने कुरा दिनुपर्छ । खाने कुरामा दाजुभाइलाई मिठो लाग्ने मिठाइ दिनु पर्ने उनको भनाइ छ । खास गरी अहिले बजारमा पाइने विभिन्न प्रकारका मिठाइभन्दा पनि शुद्ध घ्यूमा पकाएको सेल रोटी, अर्सा तथा अनर्सा दिने परम्परा रहेको उनको भनाइ छ ।

“यससँगै ऋतुफल अर्थात् मौसमी फलफूल पनि दिनु पर्ने विधिशास्त्रीय मान्यता छ,” उनी भन्छन्, “यसबाहेक उपहार दिने पनि चलन छ । तर, यो अनिवार्य होइन । सक्नेले दिए पनि हुन्छ । नसक्दा नदिए पनि हुन्छ ।”

दिदीबहिनीले सगुन र उपहार दिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिनु पर्ने उनको भनाइ छ । “दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर दक्षिणा दिनुपर्छ । दक्षिणा गक्ष र इच्छाअनुसार दिने हो,” उनी भन्छन् ।

केही वर्षअघिसम्म दाजुभाइले दिदीबहिनीलाई अक्षताको टीका लगाइदिने गरे पनि पछिल्लो समय सप्तरंगी टीका लगाइदिने गरेको पाइन्छ । “दिदीबहिनीलाई पनि सप्तरंगी टीका लगाइदिँदा केही फरक पर्दैन । लगाउँदा हुन्छ,” उनले भने ।

दिदीबहिनीबाट टीका लगाइसकेपछि दिदीबहिनीले दिएको मिठाइ र फलफूल त्यही दिन खानु पर्ने प्रा।डा। भट्टराईको भनाइ छ । “शास्त्रमा भ्रातृ द्वितियाको दिन दिदीबहिनीले दिएको दाजुभाइले खानु भनेर उल्लेख गरेको छ,” उनी भन्छन् ।

यो वर्ष आज भाइटीका लगाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com