ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकादेखि भारतसम्मका २७ देशमा टिकटक बन्द छ


ABC NEWS

काठमाडौं । नेपाल सरकारले आमरुपमा जनस्तरबाट र मूलधारका सञ्चारमाध्यमको लामो समयको मागपछि सामाजिक सद्भाव तथा सांस्कृतिक मूल्यमान्यतामाथि दख्खल दिंदै आएको टिकटक एप बन्द गर्ने निर्णय गरेको छ । समाजिक सञ्जाल प्रयोगकर्ताहरु मध्ये झण्डै ८० प्रतिशतभन्दा बढीले यो निर्णयको स्वागत गरेका छन् । तर केही शरीर मेरो अधिकारवालाहरुले भने नागरिक स्वतन्त्रता नै हनन भएजसरी तितो पोखेका छन् । विरोध गर्नेहरु सत्ता गठबन्धनको नेतृत्वप्रतिको पूर्वाग्रहका कारण जेलाई विरोध गर्न बानी परेकाहरुको जमात देखिएको छ । टिकटकजस्ता एप कुनै जनतालाई सुसूचित गर्ने आमसञ्चारका माध्यम होइनन् । जनतालाई सुसूचित गर्ने माध्यम त कुनै पनि सरकराले चाहेर पनि वन्द गर्न सक्दैन। संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको नै छ ।
अहिलेसम्म विश्वको सवैभन्दा ठूलो लोकतान्त्रिक देश भारत देखि अमेरिकासम्मका २७ वटा देशमा कुनैमा आंशिक त कुनैमा पूर्ण प्रतिवन्ध लागएको छ ।
अन्य सामाजिक सञ्जालमा विषयवस्तु, प्रयोगकर्ताले गलत प्रस्तुति या कार्य गरेमा त्यसलाई नियमन या स्व नियमन गर्नसक्ने प्रावधान छन् । तर टिकटकमा सजिले फेक आइडि खोल्न सकिने, फेक फिल्टरहरू, गुनासो सुनुवाईको व्यवस्था नहुनु आदिले गर्दा नियमन गर्न सहज छैन । त्यसैले सरकारले बारम्बार प्रयोगकर्तालाइ सभ्य बन्न आग्रह गर्दा र टिकटकका प्रतिनिधिलाई पनि बोलाएर छलफल गरेपनि टिकटक झनै छाडा हुन थालेपछि बन्द गर्नुबाहेक अरू विकल्प थिएन l

टिकटक (Tiktok) मा प्रतिवन्ध लगाउने देशको संख्या हाल २७ पुगेको छ।

१) बेलायत:- सुरक्षाका कारण देखाउदै मन्त्री, सचिव लगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२३

२) अमेरिका:- सुरक्षाका कारण सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२२
३) न्यूजिल्यान्ड:- GCSB को सुझावमा सुरक्षाका कारण सरकारी एप्लिकेसन प्रणालीसंग आवद्वता प्रतिवन्ध सन् २०२३
४) क्यानडा:- गोपनियता र सुरक्षा जोखिम देखाउदै सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२३
५) ताइवान:- राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२२
६) बेल्जियम:- गोपनियता, साइवर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउदै सन् २०२३
७) डेनमार्क:- साईवर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली,निकायमा प्रयोग प्रतिवन्ध सन् २०२३
८) पाकिस्तान:- जातीय तथा धार्मिक द्वन्द फैलाउने सुरक्षा जोखिम देखाउदै सन् २०२०
९) अफगानस्तान:- युवाहरूमा नकरात्मकता विकास हुने र जातिय धार्मिक द्वन्द फैलने जोखिम र ईस्लामिक कानून विपरित देखाउदै सन् २०२२ मा टिकटक र पव्जी
१०) भारत:- गोपनियता, सुरक्षा जोखिम र टिकटकको ByteDance technology जोखिम देखाउदै टिकटक लगायत चीनिया अन्य एप प्रयोगमा प्रतिवन्ध सन् २०२०
११) सोमालिया:- गलत अफवाह फैलाउने जोखिम देखाउदै सिमित कन्टेन्ट पोस्ट बाहेक अन्य प्रतिवन्ध सन् २०२३
१२) अर्मेनिया:- विगत ३५ बर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२०
१३) अजरवैजान:- नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२०
१४) बंगलादेश:- पोर्नोग्राफी,जुवाखेल र सुरक्षाको जोखिम देखाउदै सन् २०१८ र पब्जी फ्रि फायर सन् २०२१
१५) इन्डोनेसिया:- धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउदै सन् २०१८
१६) ईरान: धार्मिक कारण देखाउदै सन् २०२३
१७) जोर्डन:- प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउदै अस्थाई रूपमा प्रतिवन्ध सन् २०२२
१८) अष्ट्रिया:- अष्ट्रियाको intelligence service को प्रतिवेदनमा सुरक्षा जोखिम देखाउदै सन् २०२३
१९) ईस्टोनिया:- राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२३
२०) फ्रान्स:- Data security जोखिम देखाउदै Tiktok,Twitter, instagram, Netflix, Candy Crush लगायतका एपको प्रयोग सरकारी कर्मचारीले गर्न नपाईने सन् २०२३
२१) आयरल्यान्ड:- साईवर सुरक्षा जोखिम देखाउदै सन् २०२३
२२) लाटभिया:- सुरक्षा जोखिम देखाउदै सन् २०२३
२३) माल्टा:- साईवर सुरक्षा जोखिम देखाउदै सरकारी प्रणालीहरूमा प्रयोग पूर्ण प्रतिवन्ध सन् २०२३
२४) नेदरल्यान्ड :- Data protection जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिवन्ध सन् २०२२
२५) नर्वे:- राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रम, मन्त्री, सचिव, राजनितिक सल्लाहकारहरूले प्रयोगमा प्रतिवन्ध सन् २०२३
२६) अष्ट्रेलिया:- सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री,सल्लाहकारले सरकारी डिभाईस र मोवाईलमा प्रयोगमा प्रतिवन्ध सन् २०२३

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ऋणीलाई कालोसूचीमा समावेश गर्नुपूर्व धितो लिलामी असुली गर्नुपर्ने

कोको छन् प्रधानमन्त्रीको यूएई भ्रमण दलमा ?

सम्बन्धित

इजरायली आक्रमणबाट गाजामा १५ हजार मारिए, ३६ हजारभन्दा धेरै घाइते

रास्वपाले घोषणा गर्‍यो आफूलाई लोकतान्त्रिक दल, विधानको प्रस्तावना सार्वजनिक

ऋणीलाई कालोसूचीमा समावेश गर्नुपूर्व धितो लिलामी असुली गर्नुपर्ने

कोको छन् प्रधानमन्त्रीको यूएई भ्रमण दलमा ?

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

कोसीको बजेटमा मतदानबारे एमाले र राप्रपा छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com