ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बरेङका किसान बेच्छन् बर्सेनि लाखौँको अलैँची


abc tv

बागलुङ । बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैँची खेती हुँदै आएको छ । यहाँका कृषकले ‘नमूना अलैँची उत्पादक कृषक समूह’मार्फत व्यावसायिक अलैँची खेती गर्दै आएका हुन् । बसाइँसराइका कारण रित्तिदै गएका जमिनलाई उपयोग गरी बर्सेनि लाखौँको अलैँची यहाँबाट निर्यात गर्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादनमा गिरावट आएको छ । अलैँची फुल्ने बेला लामो समय खडेरी पर्दा उत्पादनमा ५० प्रतिशतले कमी आएको नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष विमल पौडेलले जानकारी दिनुभयो ।

आठ वर्ष अगाडि खेती सुरु गरे पनि छ वर्षदेखि उत्पादन दिन थालेको भन्दै अलैँचीले विस्तारै बजारसमेत पाउन थालेको उहाँको भनाइ छ । गाउँको तीन सय रोपनीमा गरेको अलैँची खेती किसानको आयआर्जनको माध्यम बनेको उहाँले बताउनुभयो । दुई वर्ष अगाडि रु ३५, गत वर्ष रु २८ र यस वर्ष रु २२ लाखको अलैँची निर्यात भएको उहाँको भनाइ छ । उहाँले यस वर्ष १६ क्विन्टल अलैँची बिक्री गरेको जनाउँदै रु आठ सयदेखि रु एक हजार पाँच सयसम्म मूल्य पार्न सफल भएको बताउनुभयो । समयममा पानी परेको भए यस वर्ष झण्डै रु ३५ लाख बढीको अलैँची उत्पादन गर्ने लक्ष्य राखेको उहाँको भनाइ छ ।

“यो ठाउँमा अलैँची राम्रो उत्पादन भइरहेको थियो, पोहोरपरार साल राम्रो उत्पादन हुँदा मूल्य कम पाइयो, यस वर्ष कम उत्पादन भयो, मूल्य बढी पाइयो, मुख्य समस्या खडेरी बन्यो, चैत–वैशाखमा फूल फुल्ने र दाना हाल्ने गर्छ, त्यसबेला पानी परेन दाना र फूल सकेपछि उत्पादन राम्रो गर्न सकिएन”, अध्यक्ष पौडेलले भन्नुभयो, “तर हामीहरू उत्साहित छौँ, उत्पादन बढाउने गरी काम गरिरहेका छौँ, हामीले उत्पादन गरेको अलैँची धेरै ठाउँमा पुग्ने गरेको छ, किसान पनि यसको खेती गर्नतर्फ आकर्षित भएका छन्, बजार व्यवस्थापनलाई पनि जोड दिएका छौँ ।”

बरेङ गाउँपालिकाले वडा नं २ हुग्दिशिरलाई अलैँची खेतीको पकेट क्षेत्र घोषणा गरी किसानलाई व्यावसायिक बन्न आकिर्षत गरेको छ । पाखोबारीमा पनि अलैँची राम्रो हुने हुँदा वनमाराले ढाक्न थालेका जग्गाको सदुपयोग हुन थालेको स्थानीय कृषक तुलसीप्रसाद शर्माले बताउनुभयो । हाल तीन सय रोपनी क्षेत्रफलमा अलैँची खेती गरिदै आए पनि आफूहरू यसको क्षेत्र विस्तार गर्ने योजनामा रहेको उहाँको भनाइ छ । अलैँचीमा ढुसीजन्य रोग लाग्ने र बोट मर्ने हुँदा पालिकाले प्राविधिक सहयोग गरे थप उत्पादनमा टेवा पुग्ने शर्मा बताउनुहुन्छ । अलैँची खेतीमा बरेङ गाउँपालिकासहित केन्द्र र प्रदेश सरकारले समेत सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पहिले वनमाराले ढाकेको बाँझो जमिनमा अहिले अलैँचीको व्यावसायिक उत्पादन गर्न थालेका छौँ, खेती सुरु गर्ने बेला राम्रो उत्पादन नभएर लगानी खेर जान्छ कि, बजार पाइँदैन कि भन्ने लागेको थियो, अहिले बजार पनि पाइएको छ, उत्पादन पनि ठिकै छ, त्यसले गर्दा हामीहरू थप उत्साहित भएका छौँ, घरबाटै अलैँचीको गुणस्तर हेरेर ग्राहकले लैजाने गर्नुभएको छ, अन्य बालीलाई जस्तो धेरै समय दिन पर्दैन, गाउँमा समूह बनाएर महिला दिदीबिहिनीलाई समावेश गरेका छौँ, यसबाट गाउँमा दुई–चार जनालाई स्वरोजगार पनि बनाएको छ ।”

अलैँची खेतीसम्बन्धी आफूहरूलाई प्राविधिक ज्ञान नभएको जनाउँदै शर्माले पालिकाले यससम्बन्धी तालिमको व्यवस्था गरिदिन सके उत्पादन अझै बढेर जाने बताउनुभयो । समूहमा गाउँका सबैलाई समेट्ने र युवा शक्तिलाई परिचालन गर्नका लागि थप योजना बनाएको उहाँको भनाइ छ । प्राविधिक ज्ञानको कमीका कारण समय–समयमा अलैँचीका बोट मर्ने समस्या आएको शर्माले बताउनुभयो ।

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले किसानलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि गर्नका लागि पालिकाले हरेक वर्ष लगानी गर्दै आएको बताउनुभयो । किसानलाई आवश्यक तालिम, पराशर्म र उन्नत जातका बीउबिजन प्रदान गर्दै आएको उहाँको भनाइ छ । बरेङमा प्रशस्त उत्पादन हुने उर्वर भूमि रहेको हुँदा त्यसको उपयोग गरी रोजगार सिर्जना गर्नतर्फ आफूहरूले जोड दिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साढे ६ किलो सुन तस्करीका आरोपीसँग सोधपुछ गर्न भाषाको समस्या

प्रधानमन्त्रीलाई भेटेर मधेश सरकारले दियो संघर्षको चेतावनी

सम्बन्धित

साढे ६ किलो सुन तस्करीका आरोपीसँग सोधपुछ गर्न भाषाको समस्या

प्रधानमन्त्रीलाई भेटेर मधेश सरकारले दियो संघर्षको चेतावनी

गृहमन्त्री नारायणकाजी श्रेष्ठ- अस्पतालबाट डिस्चार्ज

रोमको अस्पतालमा आगलागी हुँदा चारजनाको मृत्यु, २०० जनाभन्दा बढीको उद्धार

मानवअधिकार आयोगको – संसद्‌मा सिद्धान्त अनुसार प्रतिनिधित्व हुन सकेन

महतोले गरे बैठक बहिष्कार, भन्छन्– ठाकुर कांग्रेसमा हुँदा लाठी खाएका नेतालाई बाहिर राखियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com