ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपाल – चीनलाई घेरा हाल्न नेपाली भूमि प्रयोग गर्ने कार्यलाई स्वीकार गर्दैनौँ


एबीसी न्यूज

काठमाडौं, २४ कात्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिमेकी देश चीनलाई घेरा हाल्न नेपालको भूमि प्रयोग गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् ।

चीनमा आयोजित दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका राजनीतिक दलको संवाद कार्यक्रममा चीन विरोधी गतिविधि हुन नदिन प्रतिबद्ध रहेको बताएका हुन् ।

“नेपाल र चीनबीचको सम्बन्ध सदियौँदेखिको गहिरो एवम् इतिहास र संस्कृतिद्वारा बाधिएको छ । एउटा छिमेकी देशका रूपमा हामीले भौगोलिक निकटता मात्र होइन आपसी सहयोग र विकास प्रवर्द्धनको प्रतिबद्धतालाई पनि साझा बनाएका छौँ । हाम्रो मित्रता सम्मान, विश्वास र एक अर्कोलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित छ । यो हार्दिक, घनिष्ट र समस्यारहित रहेको छ ।

समयको क्रमसँगै नेपाल र चीनको सम्बन्ध व्यापार, पूर्वाधार विकास, साँस्कृतिक आदान प्रदान र जनसम्बन्धका विविध क्षेत्रमा विस्तारित छन्,” नेपालले भनेका छन्, “यस क्षेत्रमा शान्ति र समृद्धि हासिल गर्ने लक्ष्य भएको हाम्रो दिगो सम्बन्धलाई कूटनीतिक सम्बन्धले थप बलियो बनाएको छ भने यो मित्रता भौगोलिक सीमारेखा र साँस्कृतिक भिन्नताभन्दा माथि उठेको छ ।

हामी दुवै एक अर्काको चासो र चिन्ता प्रति सचेत छौँ । नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा एवम् नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिन प्रतिबद्ध छ ।”

साथै हङकङ, ताइवान लगायतका विषयमा चीन सरकारसँगै रहेको बताएका छन् । नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भूराजनीतिक रूपमा चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि काम स्वीकार नगरिने बताए ।

“हङकङ, ताइवान लगायतका विषयमा हामी चीन सरकारसँगै रहेका छौँ । पछिल्लो समयमा समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग गरी घेरा हाल्ने एवम् कमजोर बनाउने कतिपय क्रियाकलापप्रति हामी सचेत छौँ ।

नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भूराजनीतिक रूपमा चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि कामलाई हामीले स्वीकार गर्न सक्दैनौँ,” नेपालले भनेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com