ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलमा जहाजको चाप– अन्तर्राष्ट्रिय दैनिक सय बढी र आन्तरिकतर्फ २८० सम्म


एबीसी न्यूज

काठमाडौं, २३ कात्तिक ।  त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल टीआईएमा उडान–अवतरण चाप बढेको छ । दसैँयता अन्तर्राष्ट्रिय उडानरअवतरण दैनिक औसतमा एक सय उडान भइरहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

प्रवक्ता झाका अनुसार, आन्तरिकतिर दैनिक औसतमा २७५ देखि २८० उडानरअवतवरण हुन्छन् । रोजगारी वा अध्ययनका लागि विदेशमा गएका नेपालीहरु दसैँ, तिहार, छठ लगायतका पर्व मनाउन फर्किने र पर्यटकीय सिजनका कारण उडान संख्या बढेको प्रवक्ता झा बताउँछन् ।

उडानका संख्या बढेसँगै एयर ट्राफिकमा पनि चाप बढेको छ । जसले गर्दा केहिलेकाहीँ उडानरअवतरणमा ‘डिले’ हुने प्रवक्ता झाले बताए । यसवर्ष अन्तर्राष्ट्रिय र आन्तरिक गरी दुवैतिर उडान संख्याले रेकर्ड तोडेको छ । यसअघि सिजनको समयमा अन्तर्राष्ट्रियतिर औसतमा ८०र८५ र आन्तरिकतिर २३०र२४० उडानरअवतरण हुने गरेको थियो । पछिल्लो समय हवाईमार्ग हुँदै यात्रा गर्ने यात्रु बढेका छन् ।

पहिलेका २० सिटे क्षमताका जहाज थिए । तर, पछिल्लो समय ७२ सिटे जहाजहरुले उडान भरिरहेका छन् । “पहिले १८, २० सिटे जहाज हुन्थ्ये । धेरैजसो ७२ सिटे जहाज छन् । फ्लाइट संख्या कम हुँदा पनि यात्रुको संख्या बढेको छ,” प्रवक्ता झाले भने, “त्यहीमाथि फ्लाइट संख्यामा पनि उल्लेखनीय वृद्धि हुँदा हवाई मार्ग हुँदै यात्रा गर्ने यात्रुको संख्या बढेको छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३१ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका छन् । आन्तरिकतिर १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आइरहेका छन् ।

कोरोना महामारीको लकडाउन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा उडान ठप्प बनेको थियो । त्यसपछि उद्धारका लागि भनी २र४ वटा उडानबाट सुरु भयो । लकडाउन खुलेपछि विस्तारै नियमित उडान सुरु भएको थियो ।

विमानस्थलमा यसवर्ष उडा संख्याले नयाँ रेडर्कले राखेको छ । गत असोज ३० गते एक दिनमा ११४ वटा उडानरअवतरण भएका थिए । यो संख्या विमानस्थलको इतिहासकै सबभन्दा धेरै उडानरअतवरण भएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।

कोरोना महामारीअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिजनको समयमा सबैभन्दा एक सयसम्म पुग्ने गरेको थियो ।

व्यवसायी भन्छन् स् ओहोर–दोहोर राम्रो छ

आन्तरिक उडानमा ६० प्रतिशत बढी हिस्सा लिन सफल भएको बुद्ध एयरले दैनिक ओहोर–दोहोर गरी १६० वटा उडान गरिरहेको प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए । चाडबाड र पर्यटकीय सिजन भएको कारण उडानमा चाप बढेको प्रवक्ता कर्णले बताउछन् ।

दसैँमा हालसम्मकै धेरै यात्रु बोकी नयाँ रेकर्ड कायम भएको उल्लेख गर्दै कर्णले तिहारमा यात्रु संख्या कम भए पनि पर्यटकीय सिजन भएकाले यात्रु चाप भने उत्तिकै रहेको जानकारी दिए ।

“दसैँमा हामीले एक दिनमा १० हजार बढी यात्रु उडाएर नयाँ रेकर्ड बनाएको छ । दैनिक नौ हजारको हाराहारीमा यात्रु उडायौं । दसैँको तुलनामा तिहारमा उडानको चाप अलि कम हुन्छ होला । तर, पर्यटकीय सिजनले गर्दा यात्रुको चाप भने राम्रो छ,” कर्णले भने ।

यता श्री एयरका प्रवक्ता अनिल मानन्धरले चाडबाडले गर्दा उडान बढेको बताउँछन् । हाल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट दैनिक १९ वटा उडान अनुमति लिएको दैनिक १८र१९ वटा उडान भर्न सफल भएको मानन्धरले बताए ।

“हामीले नियमित १७र१८ वटा उडान गर्दै आइरहेका छौँ । कहिलेकाहीँ १९ वटा उडानसम्म उडान हुने गरेको छ । चाडबाडको समयमा यात्रुको चहलपहल बढ्छ । तिहार सकिएसँगै घट्छ,” मानन्धरले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com