ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलविद्युत्मा लगानी गर्न अर्थमन्त्रीको आग्रह


एबीसी न्यूज

काठमाडौं, २३ कात्तिक । अर्थमन्त्री डा। प्रकाशशरण महतले एसियाली देशका बैंकका सीईओहरूलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ३९औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एन्ड कन्फरेन्समा उनले यस्तो बताएका हुन् ।

नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको उनले सुनाए ।

उनले सरकारले नीतिगत रूपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने बताए । भारतले यसअघि नेपालबाट १० वर्षमा १० हजार मेगावाट जलविद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको उनले उल्लेख गरे ।

जलविद्युत् क्षेत्रमा लगानी गर्नेको सुरक्षामा सरकार प्रतिबद्ध रहेको उनले बताए । उनले विश्व बैंक र एडीबीले पनि नेपालका ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको जानकारी गराए ।

पछिल्लो समय नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको उनले बताए । सरकारले विद्युत् उत्पादन, साना उद्योग र कृषिलाई प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिरहेको उनको भनाइ छ ।

उनले आमजनतालाई समेत प्रत्यक्ष लाभ हुने गरी ‘ग्रीन’ अर्थतन्त्रको विकासमा जोड दिइएको बताए । बैंक तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्र लयमा ल्याउन ठूलो योगदान पुर्‍याएको उनले उल्लेख गरे ।

अर्थमन्त्री डा। महतले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौती भोगिरहेको पनि बताए । विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी देखिएको भन्दै उनले सरकारले ‘डिजिटल फाइनान्सिङ’मा महत्त्वपूर्ण सहयोग गरिरहेको बताए । डिजिटल बैंकिङसँगै विश्वसनीयता र सुरक्षा महत्त्वपूर्ण रहेकामा उनले जोड दिए

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com