काठमाडौ २३ कात्तिक । पूर्वसांसद एवं नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ आज तोकिएको छ ।गणतन्त्र दिवसको दिन पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी मिनाहा गरेसँगै गत जेठ १५ मा चौधरी छुटेका थिए ।चौधरी रिहा भएको भोलिपल्टै टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कठायतले माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।
मंगलवार मात्रै थप तीन जना विरुद्ध पनि रिट दर्ता भएको हो । टिकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका अन्य ४ चार जनालाई सरकारले असोज ३ गते रिहा गरेको थियो । ती मध्ये एक नाबालक हुन ।नाबालक बाहक अन्य तीन जना विरुद्ध पनि रिट परेको थियो । आज ती दुवै मुद्दामा सुनुवाइ तोकिएको माफी मिनाहा बदरको माग गरी दिएको रिटमा बहस गर्ने अधिवक्ता इन्द्र अर्यालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्