ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आपतकालीन सहयोगमा छिमेकी सेनाका जहाज : भारतले नेपालगञ्ज रोज्यो, चीनले पोखरा


एबीसी न्यूज

काठमाडौं, २२ कात्तिक । जाजरकोट भूकम्पलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनासाथ कात्तिक २० गते भारतीय सेनाको विशेष विमान सी–१२०ु भूकम्प प्रभावित क्षेत्रनजिकै पर्ने नेपालगन्जमा अवतरण भयो।

गत शुक्रबार रातिको भूकम्पबाट प्रभावितका लागि आएको राहत बुझ्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का विमानस्थल पुगे।

उपप्रधानमन्त्री खड्कालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विमानस्थलमै ती सामग्री हस्तान्तरण गरे।

केरुङ–रसुवागढी नाका हुँदै एक खेप राहत सामग्री नेपाल पठाइसकेको अर्को मित्रराष्ट्र चीनले पनि त्यसको २ दिन नबित्दै भारतीय शैलीमै सहयोगको अर्को प्याकेज पठायो।

कात्तिक २२ गते बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ सेनाका दुईवटा कार्गो विमान अवतरण भए।

सिचुवान प्रान्तको राजधानी छेन्दुबाट उडेका ती विमानहरू झण्डै १९ सय ९८ किलोमिटर पार गर्दै नेपाल आइपुगेका हुन्। ती चिनियाँ विमानहरूले अवतरणका लागि उसकै सहयोगमा निर्मित पोखरा विमानस्थल नै रोजे।

पोखरामा विमान ओर्लिँदा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वयम् उपस्थित मात्रै भएनन्, नेपालका लागि चिनियाँ राजदूत छन सोङबाट राहत सामग्री पनि बुझे।

पोखरा विमानस्थल मित्रराष्ट्र चीनको ऋण सहयोगमा निर्मित परियोजना हो। चालु अंग्रेजी वर्षको सुरुमै उद्घाटन भएको विमानस्थलबाट हालसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

यसअघि चीनकै छेन्दु र भुटानको थिम्पुबाट चार्टर्ड उडान भइसकेकाले यहाँ ठूला विमान उड्न र ओर्लन सक्ने प्रमाणित भएको छ।

स्पष्ट छ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चिनियाँ चासो बढी छ। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा असोज ९ गते जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ७ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेकामा खुसी व्यक्त गर्दै दुवै पक्षबाट पोखरा एयरपोर्टसहितबाट नेपालमा उडान र थप हवाई रुट विस्तारमा सहमति जनाइएको थियो।

‘दुवै देशले आफ्ना एयरलाइन्स कम्पनीलाई उडान सुरु र थप उडानका लागि सहयोगसँगै सहजीकरण गर्ने’, संयुक्त वक्तव्यमा भनिएको थियो, ‘पोखराबाट सीधा उडान गरी बजारको आवश्यकता, व्यापार र आर्थिक अन्तरक्रियाका लागि हवाई रुट व्यवस्थापन गर्ने।’

चीनले राहत सामग्रीसहितका विमान पोखरामा अवतरण गराएर प्रधानमन्त्री प्रचण्डले बेइजिङमा गरेको सम्झौता स्मरण पनि गराएको छ।

‘चीनले सेनाको जहाज पोखरामै अवतरण गराउनु कूटनीतिकरूपमा पनि अर्थपूर्ण छ,’ एक कूटनीतिज्ञ भन्छन्, ‘विपत्तिको बेला भएको सहयोगमा पनि भूराजनीतिक प्रभाव र चासो देखियो।’

चिनियाँ सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बेल्ट एण्ड रोड इनिसियटिभ्स ९बीआरआई० अन्तर्गतकै परियोजना भएको व्याख्या गर्दै आइरहेको छ।

तर, नेपालले बीआरआईमा हस्ताक्षर गर्नुअगाडि नै ऋण सहयोग सम्झौता भएको पोखरा विमानस्थललाई बीआरआईअन्तर्गतको परियोजना मान्न तयार छैन।

सहयोग सामग्री बुझ्न पोखरा आएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुवै मित्रराष्ट्रप्रति कृतज्ञता प्रकट गरे।

‘सहयोगका लागि हामी दुवै मित्रराष्ट्रप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ। अहिलेको सहयोगलाई शक्ति संघर्ष ९दुई देशबीच०को रूपमा बुझ्नु हुँदैन,’ विमानस्थलमै भएको पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँहरू ९भारत० ले नेपालगन्जनजिक छ, सजिलै ल्याइदिन्छौँ भन्नुभयो। चिनियाँहरूले पहिला पनि पोखरामा उडान भरेकाले यहीँ सजिलो हुन्छ भन्नुभयो। यसलाई भूराजनीतिक प्रभावका रूपमा लिनुहुँदैन।’

२८ करोडको राहत आयो
चीन सरकारले नेपाललाई २८ करोड रुपैयाँ बराबरको आपतकालीन सहयोग प्रदान गरेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार, विमानबाट ल्याइएका सामग्रीमा ४६ सय तातो कम्बल र ६ सयवटा त्रिपाल छन्। कम्बलहरू असाध्यै गुणस्तरीय र त्रिपालहरू ठूला कार्यालय सञ्चालन गर्न मिल्ने छन्।

पोखरामा चिनियाँ राहत सहयोग बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठ
‘जाजरकोटमा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा पनि क्षति भएको छ, त्रिपालहरू यस्ता कार्यालय सञ्चालन गर्न उपयोगी छन्,’ उनले भने।
गृहमन्त्री श्रेष्ठका अनुसार, चिनियाँ सहयोगका राहत सामग्री नेपालगन्ज हुँदै गाडीमार्फत् सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा ढुवानी गर्नेछ।
गृहमन्त्रीले भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनामा कमजोरी नभएको जिकिर पनि गरे।

उनले भने, ‘हामीले त्यहाँ सीडीओ र प्रशासनलाई कोही पनि पीडितहरू खुला आकाशमा बस्न नपरोस्, भोकै हुन नपरोस् भन्ने निर्देशन जारी गरेका छौं । कसैलाई खुला आकाश र खाली भुइँमा राखेमा कारबाही गर्छौं भनेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com