ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ड्युटीमा रहेका प्रहरीले ठमेलबाट तीन युवती बोलाएर लुटे, असईसहित पाँच जना पक्राउ


एबीसी न्यूज

काठमाडौं, २२ कात्तिक । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक असई सुनबहादुर तामाङसहितको संलग्नतामा डाँका चोरी भएको मुद्दामा बुधबार थुनछेक बहस भइरहेको छ। जिल्ला अदालत काठमाडौंमा मंगलबार सबै प्रतिवादीको बकपत्र सकिएको छ।

अब उनीहरुलाई थुनामा पठाउने कि धरौटीमा वा साधारण तारेखमा राखेर मुद्दाको अन्तिम किनारा लगाउने भन्ने आदेश हुनेछ।

ठमेलबाट युवती लगेर डाँका चोरी गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका २५ तरहराका २८ वर्षीय मदन पुरी, इटहरी उपमहानगरपालिका १९ इटहरीका २५ वर्षीय सन्तोष पुरी र तीन जना प्रहरी छन्। सहायक हवल्दार कास्कीको अन्नपूर्ण गाउँपालिका १ अधिकारी डाँडाका ३३ वर्षीय खगराज अधिकारी, प्रहरी जवान कास्कीको पोखरा महानगरपालिका २७ का २२ वर्षीय भुवन बराल र प्रहरी सहायक निरीक्षक धादिङको गंगाजमुना गाउँपालिका ३ का ४३ वर्षीय सुनबहादुर तामाङ लुटपाटमा संलग्न रहेको प्रहरीको आरोप छ।

 

उनीहरुले आफूलाई कुटपिट गर्दै ४७ हजार ५ सय रुपैयाँ लुटपाट गरेको भन्दै कुमार रोकाले जाहेरी दिएका थिए। जाहेरीपछि तीन जना प्रहरीलाई असोज २३ गते र दुई जनालाई २४ गते पक्राउ गरेको थियो।

गत असोज २१ गते राति सीआरभी ड्युटीमा खटिएका असई सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल नै डाँका चोरीमा संलग्न रहेको आरोप छ। उनीहरुमाथि अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

यसरी भएको थियो लुटपाट
असोज २१ गते बिहान १० बजेदेखि असोज २२ गते बिहान १० बजेसम्म शिक्षण अस्पताल, शीतलनिवास, पानीपोखरी र सांग्रिला होटलसम्मको एरिया रेखदेखका लागि असई सुनबहादुर तामाङको कमान्डमा टोली खटिएको थियो। उनीहरु सबै महाराजगञ्ज वृत्तमा कार्यरत हुन्।

राति साढे १० बजे काठमाडौं महानगरपालिका ३ महाराजगञ्जस्थित शिक्षण अस्पतालअगाडि बा १ झ ६२३८ नम्बरको सीआरभी गाडी रोकेर प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ र प्रहरी जवान भुवन बराल खुला रहेको पसल बन्द गर्न भन्दै गए। गाडी चालक सहायक हवल्दार खगराज अधिकारी गाडीमै बसे।

उनले चाबहिल बस्ने मदन पुरी र कपन बस्ने सन्तोष पुरीलाई बोलाए। मदन र सन्तोष काका–बडाबाउका छोरा ९दाजु भाइ० हुन्। मदनले सन्तोषलाई जरुरी काम पर्‍यो भन्दै बोलाएका थिए। वसन्तपुरमा रहेका सन्तोष पठाओ मोटरसाइकलमा चढेर महाराजगन्ज पुगे।

त्यसपछि खगराजको मोबाइलबाट फोन गरेर नवराज नगरकोटीलाई तीन जना युवती लिएर आउन भने। नगरकोटी पहिलेदेखि नै उनीहरुसँग सम्पर्कमा रहेका व्यक्ति थिए।

महाराजगञ्जस्थित ओमान रेस्टुरेन्टमा ३ जना युवती ल्याउन उनीहरुले भनेका थिए। नवराजले कुमार रोकाको बा ५ च ५०३९ नम्बरको गाडीमा ३ जना युवती पठाइदिए।

जाहेरवाला कुमार रोकाले भने आफूले युवतीहरुलाई लिफ्ट दिएर लगिदिएको बताएका छन्। तर अभियुक्तहरुले भने उनलाई पहिल्यै फोन गरेर ३ जना युवती ल्याउन भनेको बयान दिएका छन्। नवराजले भनेपछि उनले कुमारको गाडीमा तीन जना युवती पठाइदिएका थिए।

पानीपोखरीस्थित सडकमा उनीहरुको भेट भयो। जाहेरवाला रोकाले भने आफूलाई रोकेर गाडीमा केटीहरु लिएर कहाँ बिक्री गर्न लगेको भनी धम्क्याएको, कुटपिट गरेको समेत उल्लेख गरेका छन्।

कुमारले चलाएको गाडीसहित प्रहरी जवान भुवन बरालले उनीहरुलाई शिक्षण अस्पतालतिर लगे। त्यो गाडीमा रहेका तीन जना युवतीलाई प्रहरीको गाडीमा चढाए। त्यसपछि निर्मल निवासको गल्लीमा लगेको र डेढ लाख रुपैयाँ मागेको पीडितको भनाइ छ।

त्यहाँ पुगेपछि उनीहरुले रकम माग गरेर धम्क्याएपछि कुमार रोकाले सन्तोष पुरीको ई–सेवा खातामा ३० हजार रुपैयाँ जम्मा गरिदिएका थिए। त्यसपछि उनीहरुले नवराज नगरकोटी, कुमार रोका र तीन जना युवतीलाई छाडिदिएका थिए।

तर प्रहरी समक्ष बयान गर्दा असई तामाङले भने युवतीहरु गाडीमा चढेको र लुटपाट भएको आफूलाई जानकारी नै नभएको बताएका छन्। अन्य प्रहरीकै बयानमा भने उनको पनि संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com