काठमाडौँ, २२ कात्तिक । ग्लेन म्याक्सवेल अथाह पीडामा थिए । झन्डै(झन्डै रिटायर्ड हुन लागेका थिए । तर पनि उनले असाधारण दोहोरो शतक बनाए । त्यसमै टिकेर अस्ट्रेलियाले विश्वकप क्रिकेट २०२३ मा सेमिफाइनल यात्रा मात्र तय गरेको छैन, म्याक्सवेलको त्यो प्रदर्शनलाई एकदिवसीय क्रिकेटकै अहिलेसम्मकै सर्वकालीन महान इनिङ्स हो भनेर पनि भन्न सुरु भएको छ ।
उनले नटआउट रहेर २०१ रन बनाए । अस्ट्रेलियाले मंगलबार राति अफगानिस्तानविरुद्ध २९२ रनको लक्ष्य सफलतापूर्वक पछ्याउन सक्यो । विश्वकप इतिहासमा यो अहिलेसम्मकै तेस्रो दोहोरो शतक मात्रै हो । अझ लक्ष्य पछ्याउने क्रममा बनाइएको पहिलो दोहोरो शतक ।
प्रतिक्रिया दिनुहोस्