ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैरव्यावसायिक दबाबसँग सम्झौता नगर्ने कान्तिपुरको प्रष्टोक्ति , काममा अवरोध गर्नेविरुद्ध कानूनी कारबाहीमा जाने


एबीसी न्यूज

काठमाडौं, २१ कातिक । कान्तिपुर पब्लिकेशनले नेपाल पत्रकार महासंघले भ्रम फैल्याउने, संस्था र नेतृत्वप्रति दुराग्रहपूर्वक लाञ्छना लगाउने तथा हुल हुज्जतसमेत गरेको आरोप लगाएको छ । कान्तिपुर पब्लिकेशनका मानव संशाधन विभागका प्रमुख पुष्पराज गिरीले जारी गरेको विज्ञप्तिमा महासंघले विज्ञप्तिका नाममा कान्तिपुरले उजागार गरेका बेथितिका बदलामा राजनीतिक प्रतिशोध लिने श्रृंखला चालेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले निकालेको विज्ञप्तिमा ८२ जना पत्रकार निकालेको भनेकोमा आपत्ति जनाउँदै कान्तिपुरले त्यसको आधामात्र संख्या पनि पुष्टि गर्न चुनौती समेत दिएको छ । बरु आन्दोलनमा गएका पत्रकारलाई समेत सधैं झैं खाइपाइ आएको दसैं पेश्कीसमेत प्रदान गरेको कान्तिपुरले जनाएको छ ।

आफ्नो केही सरोकार भए संवाद वा कानूनी बाटो रोज्न सुझाव दिँदै कान्तिपुरले संस्थाको बदनाम गर्ने, गेटमा जम्मा भएका पत्रकारलाई समेत काममा अवरोध गर्ने प्रवृत्ति अविलम्ब नरोकिए सम्बन्धित सबैलाई प्रचलित कानूनअनुसार कारबाही गर्न तथा त्यस्तो कार्यमा उक्साउने समूहविरुद्ध आवश्यक कानूनी उपचार खोज्ने विज्ञप्तिमार्फत कान्तिपुरले भनेको छ ।

पब्लिकेशनले यस विषयमा चार बुँदे प्रष्टीकरण प्रस्तुत गरेको छ । जसमा आर्थिक मन्दीबाट ग्रसित रहेको अवस्थामा जनशक्तिको आकार सीमित गर्न खोजिएको र संस्थाले आर्थिक प्याकेजसहितको अवकाश आह्वान गरेपछि उल्लेख्य संख्यामा सञ्चारकर्मीहरुको राजीनामा आएको कान्तिपुरले जनाएको छ । त्यस्तै, पत्रकार महासंघ, कान्तिपुर शाखासँगको सहमति कार्यान्वयनमा वार्तामार्फत अघि बढिरहेको पनि कान्तिपुरले जनाएको छ ।

माग र आपूर्तिअनुसार जनशक्ति घटबढको अवस्था निरन्तर चलिरहने र कानूनीबाहेकको विषयमा संस्थाले सम्झौता नगर्ने पनि कान्तिपुरले स्पष्ट पारेको छ ।

पब्लिकेशनले जारी गरेको विज्ञप्तिमा व्यवस्थापन र पत्रकार महासंघ प्रतिष्ठान शाखाबीच संवाद भइरहेका बेला वार्ता भाँड्ने उद्देश्यले महासंघको केन्द्रबाट चरणबद्ध विज्ञप्ति जारी भइरहेका थिए भने सहमति भएको अर्को दिन नै आन्दोलन घोषणा हुनुले पनि सबै विषय स्पष्ट पारेको उल्लेख गरेको छ । ‘पत्रकारहरूको हितमा संवाद र सहमति गर्ने शाखालाई निलम्बन गर्ने हर्कतबाट पनि महासंघ अहिले कस्तो समूहको नियन्त्रणमा छ भन्ने छर्लंग भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com