ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘राहत र पुनर्स्थापना प्रदेश र स्थानीय तहको नेतृत्वमा गरौँ’ सरकारलाई कांग्रेसका २१ सुझाव


एबीसी न्यूज

काठमाडौं, २१ कात्तिक । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले जाजरकोट भूकम्पपछि राहत, उद्धार र पुनर्स्थापना कार्य प्रदेश र स्थानीय तहको नेतृत्व र संघीय सरकारको अनुगमन तथा सहजीकरणमा गर्दा उपयुक्त हुने सुझाव दिएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुले मंगलबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर भूकम्प प्रभावितलाई राहत, उद्धार र पुनर्स्थापनाको कार्य प्रदेश र स्थानीय तहको नेतृत्वमा गर्दा उपयुक्त हुनेसहित २१ बुँदे सुझाव दिएका हुन् ।

कांग्रेसले भूकम्पपछि केन्द्र र स्थानीय सरकारले सक्रियतापूर्वक निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ भने भूकम्प पश्चातको राहत, पुनर्स्थापना, पुनर्निर्माण कार्यलाई थप व्यवस्थित गर्न आवश्यक रहेकोमा सुझाव राखेको छ ।

मंगलबार बिहान कांग्रेस सभापति देउवासँगै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा र केन्द्रीय सदस्य गोविन्द पोखरेल बालुवाटारस्थित प्रधानमन्त्रीको निवास पुगेका थिए । भेटमा कांग्रेस सभापति देउवाले कांग्रेसका तर्फबाट भूकम्पपीडितकालागि तत्काल उद्धार र राहतका लागि एकमुष्ट ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

साथै, कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, औषधि, लत्ता(कपडाहरु युद्धस्तरमा उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डलाई भनेको छ । यी अत्यावश्यक सामग्रीहरु अभाव हुन नदिन स्थानीय तहको नेतृत्वमा, सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय रुपमा कृयाशिल राजनैतिक दलहरु र संघ(संस्था सम्मिलित ‘सहजीकरण साझा संयन्त्र’ निर्माण गर्न सुझाव समेत दिएको छ ।

त्यस्तै, आउँदो हिउँदलाई विचार गरी अस्थायी आवास जतिसक्दो चाँडो व्यवस्था गर्नुपर्ने कांग्रेसको सुझाव छ । कांग्रेसले तत्कालीन र अल्पकालीन काम १२ बुँदामा र पुनर्निर्माणका काममा ९ बुँदामा सरकारलाई सुझाव दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com