ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न गर्भ रह्यो, न सिन्दूर : भन्छिन्, आफ्नै मान्छे नभएपछि बाँच्नुको के अर्थ ?


एबीसी न्यूज

काठमाडौं, २१ कातिक ।  भूकम्पमा घाइते भएर भेरी अञ्चल अस्पतालको बेडमा छटपटाइरहेकी जमुना बुढामगरलाई बाँचेकोमा कुनै हर्ष छैन । जाजरकोटको नलगाड नगरपालिका-६, भार गाउँकी १९ वर्षीया जमुनालाई बरु बाँचेकोमा पश्चात्ताप छ । पति र गर्भमा हुर्किरहेको शिशुको वियोगमा उनी एकसुरमा अस्पतालको भित्ता कोट्याइ रहन्छिन् ।

उनी कोहीसँग कुरा गर्दिनन् । एक्लै आँसु झार्दै बर्बराउँछिन् । शुक्रबार रातिसम्म सँगै भएका श्रीमान् अहिले नरहेपछि उनी गहिरो शोकमा छिन् । भन्छिन्, आफ्नै मान्छे नभएपछि बाँच्नुको के अर्थ ?

शुक्रबार मध्यरातको भूकम्पले घर हल्लाएपछि दुवै जना सँगै पुरिएका थिए । गत फागुनमा प्रेम विवाह गरेका उनीहरू सुतिरहेको अवस्थामा भूकम्पमा परेर च्यापिएका थिए।

भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द, र दुई आमाजू घरमा साथै थिए । ६ जना एउटै घरमा खाना खाएर सुतेका थिए । अरू बाँच्न सफल भए । तर, भूकम्पले जमुनाको पति र गर्भमा रहेको शिशुलाई लग्यो । परिवारका अन्य सदस्यलाई भने सामान्य चोट लागेको छ । जमुनाले सोमबार बिहान मात्रै श्रीमान् नवीन बुढामगर बितेको थाहा पाइन् । गाडी रिजर्भ गरेर शनिबार २ बजे जमुनालाई अस्पताल पुर्‍याइएको थियो ।

भूकम्पमा च्यापिएर घाइते हुँदा कोखमा हुर्किरहेको ३२ हप्ताको गर्भ तुहियो । उनलाई शोक माथि शोक थपियो । आइतबार राति नै उनले मृत बच्चा जन्माइन् । ‘एउटा शोक भए पो मन सम्झाउनु । शोकमाथि शोकले हामीलाई थिचिरहेको छ, जमुनाकी आमा पवित्रा खडका मगरले भनिन्, बच्चा नचलेको देखियो । टाउको छातीमा चोट लागेको रहेछ। बेथा लाग्ने औषधि खुवाएर बच्चालाई निकालिएको हो । ३२ हप्ताको गर्भ तुहियो ।’ अस्पताल पुग्नुअघि नै बच्चा पेटमै बितेको चिकित्सकले बताएका छन्।

काम गर्न भारत गएका देवर र ससुरा सोमबार मात्र बुहारीलाई भेटन् अस्पताल आइपुगेको आमा पवित्राले सुनाइन् । यस्तै, जागिरको सिलसिलामा जाजरकोट नलगाडमा बसिरहेका सल्यान, बनगाड, कुपण्डे नगरपालिका-४ का ३२ वर्षीय मोहन विष्ट अहिले दोहोरो शोकमा छन् । आफैं अस्पतालको आईसीयू बेडमा छटपटाइरहेका उनी न रुन सक्छन् न धेरै बोल्न । सुतिरहेका बेला च्यापिएर उनको पत्नीको मृत्यु भयो । उनको ६ वर्षीय छोरा सल्यान मामाघरमा गएकाले उनलाई भने केही भएन ।

शनिबार भूकम्पमा परी पत्नी गुमाएका उनले भारतको मुम्बईमा रोजगारीका लागि गएका बुबा पनि त्यही दिन गुमाए । तर उनलाई त्यो खबर सुनाइएको छैन । ‘भूकम्पको खबर पाएर पछि दाइ परिवारलाई के भयो भन्दै आत्तिनुभएछ । हृदयघात भयो कि के हो । दाइ बित्नुभयो, मोहनका काका देवेन्द्रकुमार बिसीले भने , ‘प्रेसरको बिमारी हुनुन्थ्यो आफूलाई सम्हाल्न सक्नुभएन ।’

मोहन जाजरकोटमा निजी स्कुलमा पढाउँथे । घर सल्यान भए पनि उनी रोजगारीको सिलसीलामा जाजरकोट बस्दै आएका थिए । उनलाई शुक्रबार हेलिकप्टरबाट नेपालगन्जमा ल्याइएको छ ।

बुहारीको काजक्रिया नगरी घाइते छोरो बोकेर आएकी ५० वर्षीय हेमा विष्ट, ६ वर्षीय नातिलाई लिएर शनिबार नेपालगन्ज आएकी थिइन् । पति वियोगको पीडालाई भुलाउँदै घाइते छोरोको उपचारका लागि खटिएकी उनी सोमबार घर फर्किएकी छन् ।

भूकम्पमा परेर घाइते भएको छोरालाई बोकेर आएकी हेमाले श्रीमान्‌को मृत्यु भएको खबर शनिबार मात्र थाहा पाइन् । ुएकातिर छोराको अवस्था नाजुक अर्कोतिर दाइको मृत्यु भयो ठूलै बज्रपात भयो, देवेन्द्रले भने, भाउजूलाई ससुरा बुहारीकोसँगै काजक्रिया गर्नका लागि सोमबार घर पठाएका छौं ।’

भेरी अस्पतालमा भूकम्पमा परेका ४४ जना उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार भेरी अस्पतालमा भूकम्पमा परी घाइते भएका ४७ जना बिरामीलाई ल्याइएको थियो । जसमा २ जना निको भइ घर फर्किएका छन् भने एक जनाको उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र सुधारोन्मुख हुँदै गइरहेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com