ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोट पुगेर ‘रेडियोकर्मी’ बनेका रविलाई ताली र गाली


एबीसी न्यूज

काठमाडौं, २० कात्तिक । जाजरकोट र रुकुम पश्चिममा तीन दिनअघि आएको भूकम्पले व्यापक जनधनको क्षति भएपछि विभिन्न राजनीतिक दलका नेताहरूको त्यहाँ लस्कर लाग्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीसम्म भूकम्पप्रभावित क्षेत्रमा पुगेर जनतालाई राहत र सान्त्वना दिने प्रयासमा छन् ।

संसदको कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जाजरकोट(रुकुममा आफ्नो बलियो उपस्थिति देखाइरहेको छ । सो पार्टीका दुई चिकित्सक नेता डा। मुकुल ढकाल र डा। तोसिमा कार्की घाइतेहरूको उपचारमा समेत संलग्न छन् । यसैगरी, पार्टीले विभिन्न राहत सामग्री पनि वितरण गरिरहेको छ ।

रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने भने अलि पृथक शैलीमा प्रस्तुत भएका छन् । उनी त्यहाँ स्थलगत अवलोकन र राहत वितरणमात्र होइन, एउटा रेडियो कार्यक्रम पनि चलाइरहेका छन् । आफ्नो पुरानो पेशालाई ब्यूँताउँदै उनी जाजरकोटको रेडियो पाइला ९९१।६ मेघाहर्ज बाट उनी स्रोतामाझ प्रस्तुत हुन थालेका हुन् । ‘सही सूचनाका लागि हेल्लो रवि’ उनको नारा छ ।

भूकम्प आएका दिन रवि पाल्पामा थिए । पार्टी कार्यक्रममा सिलसिलामा त्यहाँ रहेका उनले भूकम्पपश्चात तत्काल सबै कार्यक्रम स्थगत गरेर जाजरकोट पुगेका हुन् । उनले पार्टी पंतिलाई पनि भूकम्पपिडितको उद्दार र राहतमा खटिन अपील गरेका थिए । त्यसबमोजिम रास्वपाका नेता कार्यकर्ताको ठूलै समूह जाजरकोटामा खटिएको छ ।

रविले सुरू गरेको रेडियो कार्यक्रमलाई लिएर आम मानिसहरूको मिश्रित प्रतिक्रिया पाइन्छ । समर्थकहरूले सधैँजस्तो उनको वाहवाही गरेका छन् । संकटको क्षणमा जनतासँग जोडिन खोजेको भन्दै प्रशंसा गरेका छन् । आलोचकहरूले भने उनीमाथि विभिन्न प्रश्न उठाएका छन् । दुस्खको बेला पनि स्टन्ट गर्न नछोडेको आरोप लगाएका छन् । रविले रेडियो कार्यक्रम चलाउँदा भूकम्प पीडितहरूलाई कसरी सहयोग हुन्छ भन्ने उनीहरूको प्रश्न छ ।

रविले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू एक फएममा लाइभ आउन लागेको जानकारी गराएका थिए । त्यसमा उनले जाजरकोट भूकम्पबारे सूचना, समन्वय र सहयोगका लागि केही दिनको लागि रेडियोकर्मी बन्न लागेको बताएका छन् ।

उनले भनेका छन्, ‘मैले विगतमा गरेको, जानेको र अहिले आवश्यक एउटा महत्वपूर्ण काम भनेको आवाजविहीनको आवाज, आम जनताका पीर, मर्का र समस्याहरू सरोकारहरूसम्म पुर्‍याउने हो । विपद्कै बेला यो अझै महत्वपूर्ण हुन्छ । तसर्थ जाजरकोट भूकम्पबारे सूचना, समन्वय र सहयोगका लागि म केही दिनका लागि जाजरकोटको रेडियोकर्मी बन्दैछु । सबैलाई काम लाग्ने गरी समन्वयमा रहनेछु ।’

रविले घन्टौंसम्म भूकम्पपिडित, स्थानीय निकाय, सरोकारवालाहरूसँग रेडियोमार्फत कुराकानी गरिरहेका छन् ।

उनले रेडियो कार्यक्रम चलाउँदा भने, ‘म नागरिकसँग जोडिन चाहन्छु । यसबाट आत्मसन्तुष्टि हुन्छ । आमनागरिकलाई दुस्ख पर्दा त्यहाँ पुगौं जस्तो लाग्छ । यो स्टन्टबाजी होइन, मेरो स्वभाव हो । राजनीतिक लाभ लिन खोजेको भनेर गलत अर्थ नलगाइदिनुहोला । म समन्वयकर्ताको रूपमा यहाँ बसेको छु ।’

रविको कमेन्ट बक्समा हेर्दा सकारात्मक र नकारात्मक कमेन्ट मिश्रित भेटिए । बढीले चाहीँ तारिफ नै गरेका छन् ।

सुजन लिम्बूले लेखेका छन्, ‘साँच्चै देश र जनताको हितमा लड्ने रवि सर, सधैँ हाम्रो साथ छ ।’

गणेश भट्ट लेख्छन्, ‘विपतका बेला जसले जहाँबाट जस्तो सकिन्छ योगदान गरौं, यस्तो काममा रवि दाइ सधैँ अगाडि ।’

उनले भनेका छन्, ‘म आवश्यकता पर्‍यो भने अरु सबै कुरा थाती राखेर २४ घण्टा नै चलाउन पनि सक्छु । पहिले पनि सबैभन्दा लामो टीभी कार्यक्रम चलाएर विश्वरेकर्ड राखेको हुँ ।’

रविले फरक प्रयास गरेको भए पनि जोसुकै व्यवसायिक सञ्चारकर्मीले गर्न सक्ने काममा एउटा राजनीतिकर्मी किन आफैं अघि सर्नुपर्‍यो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर उनका शुभचिन्तकहरूले पनि खोजिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com