ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजालाई इजरायली सेनाले घेरा हाल्यो


एबीसी न्यूज
कार्तिक १७, २०८० शुक्रबार  १२ : ५२ बजे

काठमाडौं, कात्तिक १७ । इजरायली सेनाले गाजा सहरलाई पूर्ण रूपमा घेराबन्दी गरिएको जनाएको छ । योसँगै हमासका सैन्य क्याम्प, हेडक्वार्टर र अरू पूर्वाधारमा आक्रमण गरिरहेको इजरायली सेनाले जनाएको छ ।

सर्वसाधारणको मृत्युलाई न्यूनीकरण गर्न रकेट लञ्चर, ट्युनेललगायत हमासका पूर्वाधारमा आक्रमण गरिरहेको इजरायलको भनाइ छ । इजरायल सरकारका प्रवक्ताले युद्धविराम अहिले सम्भव नभएको बताएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अक्टोबर ७ यता तेस्रोपटक इजरायलको भ्रमणमा गएका छन् । अमेरिकाले पनि युद्धविराममा सहमति जनाएको छैन ।

यसैबीच, रिपब्लिकन नेतृत्वको अमेरिकी प्रतिनिधिसभाले इजरायललाई १४।३ अर्ब अमेरिकी डलर सहायता प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । डेमोक्रेट पक्षले यो सिनेटबाट पारित नहुने र ह्वाइट हाउसले पनि ‘भिटो’ लगाउने भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गाजामा इजरायलको आक्रमणविरुद्ध लडिरहेको हमासलाई लेबनानमा आधारित हिजबुल्लाहपछि हुथी समूह पनि समर्थनमा देखिएको छ । मंगलबार हुथी समूहले इजरायलविरुद्ध युद्ध लड्ने घोषणा गरेको बताइएको छ ।

तर, इजरायलबाट दुई हजार किलोमिटर टाढा यमनमा रहेको हुथीले प्रत्यक्ष रूपमा ठूलो मद्दत गर्न नसक्ने ठानिएको छ ।

इजरायललले गाजाको स्कुलमा आक्रमण गरी २० जनाको मृत्यु भएको र चार ‘सेल्टर’ ध्वस्त पारेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

अक्टोबर ७ यता इजरायलले गाजामा हवाई र ‘आर्टिलरी’ आक्रमण गरेको छ । गाजामा मृत्यु हुनेको संख्या नौ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हमासको आक्रमणमा परेर एक हजार ४०० भन्दा धेरै मानिसको मृत्यु भएको र २०० भन्दा बढीलाई बन्दी बनाइएको इजरायलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

सम्बन्धित

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com